वर्षाले जनजीवन प्रभावित : सातको मृत्यु, चार बेपत्ता


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । काठमाडौँको टोखा नगरपालिका पासीडाँडास्थित टहरो घरमाथि बिहान पहिरो खस्दा रामकुमार रानामगरका जुम्ल्याहा सन्तान तीन वर्षीया सन्ध्या र सचिनको मृत्यु भएको छ । सुनसरी स्थायी निवासी रानामगरको सपरिवार महेश श्रेष्ठको उक्त टहरो घरमा बस्दै आएको थियो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलका अनुसार बिहान वर्षासँगै पहिरो खस्दा टहराभित्र रहेका आफन्त भागेर ज्यान जोगाउन सफल भए पनि सन्ध्या र सचिन पहिरोमा परेको जानकारी दिनुभयो ।

त्यसैगरी कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको थियो ।

त्यस्तै गजुरी गाउँपालिकाको मलेखुस्थित पहिरोमा परी १७ वर्षीया निकिता परियारको मृत्यु भएको छ भने जितेन चौधरी र बालिका सङ्गीता चेपाङ घाइते भएका छन् । घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । पूर्वी नवलपरासीको बुलिङटारमा गएको पहिरोमा परी ७० वर्षीय शेरबहादुर सार्कीको दम्पती बेपत्ता छन् । स्थानीय प्रहरीले पहिरोमा बेपत्ता भएका सार्की दम्पतीको खोजी जारी राखेको छ । उता बाजुरामा बाढीले बगाउँदा दाजुभाइ बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । गत जेठ ३० देखि साउन ६ सम्म ११८ जनाको मृत्यु भएको छ भने ४९ जना बेपत्ता र ११५ जना घाइते छन् । बाढीभन्दा पहिरोका कारण मानवीय क्षति अत्यधिक छ । बाढी, पहिरो र डुबानका कारण भौतिक संरचना घर, भवन, विद्यालय र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, उद्धार, राहत वितरण, अवरुद्ध सडक खुलाउन र पुनस्र्थापना कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १० हजार जनशक्ति परिचालन गरिएको छ ।

नेपाली सेनाले चारवटा हेलिकप्टरसहित पाँच हजार दक्ष जनशक्ति परिचालन गरेको छ । दुई हजार ६९८ प्रहरी र तीन हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । चितवन भरतपुरमा एक, सुर्खेतमा दुई र इटहरीमा एक गरी चारवटा हेलिकप्टर परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले उद्धारका लागि काठमाडौँ सानो गौचरन, नारायणहिटी, बर्दिबास, पोखरा, इटहरी, चितवन, गजुरी, नेपालगन्ज, भैरहवा, कैलाली, रौतहट लगायतका स्थानमा चार/चार सय जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले वर्षायामका कारण उत्पन्न विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र उद्धार गर्न दुई हजार ६९८ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलले पनि विपद्सम्बन्धी तालिम प्राप्त तीन हजार जनशक्तिमध्ये एक हजार पाँच सय जनालाई उद्धारमा परिचालन गरेको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठले तालिम प्राप्त र अन्य गरी विभिन्न प्रदेशमा आवश्यक उपकरणसहित उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

यसैबीच धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार अविरल वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आगिन्चोक गोलाङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २७ वर्षीय मिलन खाँड, उहाँकी श्रीमती २२ वर्षीया सम्झना र दुई वर्षीय छोरा अमृत छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com