फ्रन्टलाइनमा फिप्ना : १० हजारबढी मास्क र १७ हजार बढी ग्लोभ्स वितरण


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले कोरोनाको महामारीमा अमेरिकामा रहेको नेपाली समुदायका लागि १० हजारभन्दा बढी मास्क र १७ हजारभन्दा बढी ग्लोभ्स वितरण गरेको छ । मार्चदेखि जुनसम्म को अवधिमा कोरोनाको केन्द्रविन्दु बनेको न्युयोर्कम फिप्नाले संस्थागत रूपमा विभिन्न २४ वटा क्रियाशील संघ संस्थाहरूमार्फत स्वास्थ्य सामाग्रीहरू वितरण गरेको हो ।

अध्यक्ष लोक चेम्जोङले वक्तब्य जारी गरी टाइनोलोल २ हजार ६ सय प्रति, के एन ९५ मास्क २ हजार ६ सय ६५ प्रति , सर्जिकल मास्क ८ हजार २ सय ५० प्रति, हेण्ड ग्लोभ्स १७ हजार ६५० प्रति , हेण्ड सेनिटाईजर २ सय ३७ वटा र थर्ममिटर १५ वटा फिप्नाको कार्यलयबाट वितरण गरिएको जानकारी दिएका छन् । फिप्नाले महामारीमा थोरै भए पनि नेपाली समुदायलाई मानविय सेवाको भावले सहयोग गर्न स्वास्थ्य सामाग्रीहरू वितरण गरेको अध्यक्ष चेम्जोङले जनाएका छन् ।

कोरोनाको महामारीमा सचेतनामूलक सन्देशहरू प्रवाह गर्नुका साथै नेपाली राजदुतावास वासिङटन डिसी, नेपाली महावाणिज्य दुतावास न्यूयोर्क न्यूयोर्क सिटीका मेयरको कार्यलय तथा नेपाली अमेरीकन समुदायमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक संघ संस्थाहरू तथा व्यक्तीहरूसंग विशेष छलफलहरू गरी सहकार्य गर्ने, संवाद तथा सुचना आदानप्रदान गर्ने र एकसाथ मिलेर कोरोनाबिरुद्ध लड्नमा फिप्नाले महत्वपूर्ण योगदान दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरु निरन्तर नेपाली समुदायको सेवामा लागेको र स्वयंसेवकहरूले पिडितहरूको घरदैलोमा पुगेर आवश्यक सेवाहरू गरेको भन्दै फिप्नाका तर्फबाट सम्पूर्ण स्वयंसेवकहरू धन्यवाद दिइएको छ । न्यूयोर्कमा क्रियाशील संघसंस्थाहरू र सामाजिक अभियन्ताहरू समेतलाई बनाइएको कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह ,न्यूयोर्कमा पनि फिप्नाको उल्लेख्य भूमिका रहेको थियो ।

महामारीपछि सहयोग उपलब्ध गराउने क्रममा एक हजार दुई सय एक्काईस परिवारको घरदैलोमा प्रत्यक्ष पुगेको फिप्नाले जनाएको छ । फिप्नाका १७ वटा सदस्य संस्थाहरूवाट प्रत्येक संस्थाहरुले टास्कफोर्स निर्माण गरी नेपाली समुदायको घरदैलोमा आवश्यक स्वास्थ्य सामाग्रीहरु र ग्रोसरीहरू उपलब्ध गराएको फिप्नाले जनाएको छ ।

विद्यार्थी भिसामा रहेका नेपालीहरुलाई पनि ग्रोसरी र नगद सहयोगहरू भएको फिप्नाले जनाएको छ । फिप्नाले भनेको छ – ‘हजारौ नेपाली समुदायको घरदैलोमा फिप्ना र यसका सदस्य संस्थाहरू पुगेका छन् । त्यतीमात्र होईन आफ्नो समुदायका सदस्यको मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक भार नपरोस भनेर आर्थिक सहयोगको अभियान समेत सबैले सञ्चालन गरी परिवारलाई बुझाएको छ। त्यसैले हामीले हाम्रो संघ संस्थाहरू , फिप्नाको सदस्य संजालहरू मार्फत आपतकालिन अवस्थामा सबैले उच्च मानवीय सेवामा समर्पित भएका छौ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com