ग्रिनकार्डभिसा सकिएर नेपालमा रोकिएकाहरुको भिसा नविकरण गरिने, भर्नुहोस् यो फर्म


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

कैयन नेपालीहरु अमेरिकाको आप्रवासी भिसा र डाइभर्सिटी भिसा प्राप्त गरेर पनि कोरोनाको महामारीका कारण नेपालमा नै रोकिएका छन् । उनीहरुको भिसा ६ महिनामात्र अद्यावधिक हुने भएकाले कतिपयको भिसा सकिएको छ भने कतिपयको सकिन लागेको छ ।

यो अवस्थामा अमेरिकाको ग्रिनकार्ड भिसा (आप्रवासी र डिभी) सकिएकाहरुले चिन्ता गर्नु नपर्ने भएको छ । अप्रिल २३ सम्म भिसा अद्यावधिक रहेकाहरु र त्यसपछि भिसा सकिएकाहरुलाई आप्रवासी र डाइभर्सिटी भिसा पुन जारी गरिने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

तर त्यसका लागि भने एउटा फर्म भर्नुपर्ने भएको छ । अप्रिल २३ पछि भिसा सकिएकाहरुले अनलाइनबाट नै उक्त भर्म भरेर बुझाउन सक्नेछन् । फर्ममा १४ वटा प्रश्नहरु रहेका छन् ।

आफ्नो पूरा नाम, फोन नम्बर, इमेल, जन्ममिति, पासपोर्ट नम्बर, केस नम्बर, भिसा श्रेणी, भिसा सकिने मिति, आईओएममा स्वास्थ्य परीक्षाको मिति, पिटिसन फाइल गरिदिने व्यक्तिको नाम, डिभी वा आप्रवासीभिसा कम्तीमा अप्रिल २३ सम्म अद्यावधिक रहे नरहेको, अमेरिका जान चाहेको मिति उल्लेख गरेर उक्त फर्म भर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई फर्म भर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

उक्त फर्म भरिसकेपछि दूतावासमा भिसाको काम सुचारु हुनासाथ सम्पर्क गरिने र अप्वाइन्टमेन्टको मिति तय गरिने दूतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘भिसाको काम सुरु भएपछि हामीले आवेदकलाई सम्पर्क गर्नेछौं र अप्वाइन्टमेन्टको तालिका तय गर्नेछौं र सम्भवत भिसा पुन जारी गर्नेछौं ।’

इमेल ठेगानाबाट आप्रवासी भिसा र डिभीका बारेमा जवाफ नदिने दूतावासले जनाएको छ । तर कसैको केसबारे कुनै जिज्ञासा भएमा इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com