जुन २५ र २७ मा काठमाडौंबाट दोहाहुँदै अमेरिका आउन सकिने, ९०४ अमेरिकनले छाडे नेपाल


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

जुन २५ र जुन २७ मा काठमाडौंबाट दोहाहुँदै अमेरिका आउन सकिने भएको छ । कतार एयरवेजले दुईवटा उडानका लागि स्वीकृति पाएकाले ती उडानमार्फत दोहा आउन सकिने र दोहाबाट नियमित उडानबाट अमेरिका आउन सकिनेछ ।

कतार एयरवेजले टिकटका लागि काठमाडौंमा रहेको प्रेसिडेण्ड ट्राभल एण्ड टुर्ससँग सहकार्य गरिरहेको छ । यी उडानमार्फत अमेरिका आउन चाहनेहरुले प्रेसिडेण्ड ट्राभलमा सम्पर्क गरेर टिकटको बन्दोबस्त गर्ने सक्नेछन् ।

लकडाउन अवधि सुरु भएदेखि अहिलेसम्म नेपालबाट ९ सय ४ जना अमेरिकनहरु अमेरिका आइसकेका छन् । उनीहरुमध्ये २ सयभन्दा बढी कतार एयरवेज र टर्किस एयरलाइन्सका दोहा र इस्तानबुलसम्मका चार्टड उडानमा आएर त्यहाँबाट नियमित उडानमार्फत अमेरिका आएका हुन् ।

नेपालमा कोरोनाको महामारीपछि सुरुभएको लकडाउनमा मार्च २७ देखि जुन १४ सम्म चार्टड विमानमार्फत नेपाल छाड्ने विदेशीमा सबैभन्दा धेरै अमेरिकनहरु नै रहेका छन् । यही अवधिमा ९५४ जना नेपालीहरु विदेशबाट नेपाल फर्केका छन् भने ४३९० जना नेपालीहरुले नेपाल छाडेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com