अमेरिकामा किराती राईको भर्चुअल साधारण सभा, महामारीमा अग्र पंक्तिमा खट्नेको प्रशंसा


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

कोरोनाको महामारीका कारण साकेला स्थगित गरेको युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले वार्षिक साधारण सभा भर्चुएल रुपमा सम्पन्न गरेको छ । केन्द्रीय सभापति मुना राईको सभापतित्वमा सम्पन्न सभामा वक्ताहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिका सम्बन्धमा बोलेका थिए ।

प्रमुख अतिथि जनजाति महासंघ फिप्नाका सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातिहरुले आफ्नो चासो र सरोकारको नेपालको बिसय उठाउनु पर्ने बताउनु भयो । उहाँले मृत संस्कृत भाषा नेपालको बिद्यालयमा पढाउने सरकारी निर्णयले अन्य मातृ भाषाका बिद्यार्थी हरुलाई अन्याय हुने बताउनुभयो । उहाँले सरकारी कोषबाट एक भाषालाई खर्च गर्ने अन्य भाषालाई बजेट नदिने भेदभाव पूर्ण निर्णयको बिरोध गर्नु भयो ।

सल्लाहकारहरु शिवकुमार राईले अर्गनाइजेसनको अन्य संघ संस्थाहरु संगको सम्बन्धबारे बोल्नुभयो भने धौल बीर राईले संस्थाले संस्कृति जगेर्ना सम्बंधमा खेल्नु पर्ने भूमिकाबारे बोल्नुभयो । त्यस्तै बिष्णु राईले युवाहरुमा संस्थाको महत्व, चुना राईले संस्थाले सदस्यता र आर्थिक पक्ष सम्बन्धमा खेल्नु पर्ने भूमिका,मिलन राईले अमेरिकामा संस्थाको बिस्तारीकरण,प्रभाकर राईले संस्थाको भविस्य र चुनौती, तेज राईले संस्थाको बिगत र वर्तमान, श्यामा राईले संस्थामा महिला हरुको भूमिका र सुरेश चाम्लिङ्गले संस्था र राजनितीको सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

विभिन्न स्कुल तथा कलेजबाट यो वर्ष ग्राजुएसन गर्ने बिद्यार्थीहरुलाई सम्मान पत्र सहित दिइएको थियो भने उनीहरुले आआफ्नो मन्तब्य र परिचय दिएक थियो । विद्यार्थीहरु एलिना राई बर्कले युनिभर्सिटी क्यालिफोर्निया,लोकेन्द्र मति राई लेहम्यान कलेज न्यु योर्क,जेनिथ राई ब्रनडेल्स युनिभर्सिटी म्यासाच्युसेत्ट्स,यलम्बर राई ग्रेट वे कम्युनिटी कलेज न्यु हेम्प्शायर,नमिता राई शान्ताक्रुज युनिभर्सिटी क्यालिफोर्निया,शशि राई लगौडिया कम्युनिटी कलेज न्यु योर्क,प्रतिभा राई लगौडिया कम्युनिटी कलेज न्यु योर्क हुनु हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्कुल ग्राजुएट गर्नेहरुमा केभिन राई क्यालिफोर्निया,प्रतिक राई न्यु जर्सी,आशुतोष पालुङ्गा नेब्रास्का,ज्यो ज्यो लुङ्ग राई कनेक्टिकेट,आदर्श राई म्यास्साच्युसेट्स,कृपा पौडेल म्यासाच्युसेत्ट्स,सबिन सुब्बा न्यु हेम्प्शायर,शुभेच्छा राई कनेक्टिकट हुनु हुन्छ । त्यस्तै कोरोना महामारीमा अग्र पंक्तिमा रहेर काम गर्ने किराती राई हरुको उच्च प्रशंशा गरिएको थियो ।

साधारण सभामा करातेका अन्तररास्ट्रिय रेफ्री पर्खि खालिङ्ग राईलाई सम्मान गरिएको र उहाले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

उक्त सभामा लोकल च्याप्टर सभापति हरु डि एम भी पी सभापती प्रकाश राई,क्यालिफोर्निया सभापती जोर बीर राई,न्यु इंग्ल्याण्ड सभापती मुक्ति नारायण राईर न्यु योर्क सभापती केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

त्यसरी नै केन्द्रिय समिति र लोकल च्याप्टरबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र,सिक्किमका पुर्व मुख्य मंत्री पवन चाम्लिङ्गसंगको न्यु योर्कमा भेटघाट छलफल,कोभिड १९ मा बिभिन्न व्यक्ति हरुलाइ सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर विद्यार्थी भिसामा रहनु हुने बिद्यार्थी हरुलाई नगद सहयोग,रक्तदान,यलम्बर नाइट लगाएतको कार्यहरु गरिएको विवरण बताईएको थियो ।

साथै उक्त प्रतिवेदन प्रस्तुत गर्ने हरुमा केन्द्रिय समितिबाट महासचिव जय राई अन्य लोकल च्याप्टरबाट डि एम भी पी महासचिव हर्क राई ,क्यालिफोर्निया महासचिव टक्सन राई,न्यु इंग्ल्याण्ड सभापती मुक्ति नारायण राई र न्यु योर्क सभापती केशब राम राईले प्रस्तुत गर्नु भएको थियो ।

उक्त सभामा किरात राई हरुको नया बिबाहित युगल जोडीलाई र आजीवन सदस्य लिनु हुने जेष्ठ सदस्य खडिमान राईलाइ स्वागत गरिएको थियो । गत वर्ष संस्थाद्वारा आयोजना गरिएको साकेलामा संयोजक रही उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका प्रभाकर राईलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सभाको बिसर्जन गर्दै सभापति मुना राइले मानव जीवनको महत्व पूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवा हरुले शिक्षालाई जोड दिनका साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृति समेत जगेर्ना गर्न उत्तिकै आवस्यकता रहेको कुरा बताउनु भयो ।
कार्यक्रमको संचालन केन्द्रिय महासचिव जय राई,न्यु इंग्ल्याण्ड महासचिव शेखर राई,डि एम भी पी महासचिव हर्क राई ,क्यालिफोर्निया महासचिव टक्सन राई,न्यु योर्क महासचिव प्रमल राईले पालै पालो गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com