निकुञ्जमा निजी हात्ती चराउनु ऐनविपरीत


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐनविपरीत हुने स्पष्ट पारेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज ऐनमा अनुमतिबिना घरपालुवा जनावर र मानिस निकुञ्ज प्रवेश गर्न निषेध गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल अहिलेको निकुञ्ज ऐनले निजी हात्तीलाई निकुञ्ज प्रवेश गर्न नदिएको बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि उपयुक्त वासस्थान भएको भन्दै उनले घरपालुवा जनावरबाट रोग सर्न सक्ने र वन्यजन्तुको बासस्थानमा असर गर्ने भएकाले निजी हात्तीलगायतका जनावर निकुञ्ज प्रवेश गराउन नहुने बताए । मध्यवर्तीमा आश्रित लाखौँ स्थानीयवासीका घरपालुवा जनावरसमेत निकुञ्ज छिर्न नपाउने बताउँदै उनले भने, “मध्यवर्ती क्षेत्रका घरपालुवा जनावर पनि निकुञ्ज छिर्न पाउँदैनन्, त्यस्तै हात्तीलाई पनि यो नियम लागू हुन्छ ।” सौराहाका हात्ती आफूखुशी राप्ती किनारका क्षेत्रमा चराएको भन्ने जानकारी प्राप्त भएसँगै विभागले रोक लगाएपछि व्यवसायीले हात्ती पाल्न कठिन भएको जनाउँदै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले राप्ती किनारमा लकडाउनको समयमा केही समय घाँस पानीका लागि सहयोग गरेको भए पनि अब त्यो सम्भावना नरहेको बताए । उनले भने “साह्रोगाह्रोमा सहज बनाइदिएको हो, त्यो उहाँहरूको अधिकार होइन ।” व्यापारका लागि व्यवसायीले हात्ती पालेकाले त्यसको व्यवस्थापनको जिम्मेवारी व्यवसायीकै भएको रुपाखेतीको भनाइ छ । लकडाउन नहुँदा स्थानीय सामुदायिक वनमा पर्यटक लिएर जाँदा चर्ने भए पनि अहिले त्यो बन्द भएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार सौराहामा ७० वटा निजी हात्ती छन् । ती हात्तीले स्थानीय कुमरोज, मृगकुञ्ज र बाघमारा सामुदायिक वनमा पर्यटक घुमाउने गर्दछन् ।

ती हात्तीमा घुमेबापत एक जना स्वदेशी पर्यटकले रु एक हजार २५० र विदेशीले दुई हजार २५० तिर्ने गर्दछन् । एउटा हात्तीमा चार जनासम्म यात्रा गर्न मिल्ने गर्दछ । व्यवसायीले पर्यटकलाई निकुञ्जमा घुमाएको भन्दै रकम लिएर सामुदायिक वनमा घुमाएको र बढी पैसा असुल गरेको गुनासो हुँदै आएको छ । पर्यटकले सामुदायिक वन घुमे पनि निकुञ्ज शुल्कबापत अतिरिक्त शुल्क तिर्नुपर्छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com