मार्च २७ पछि जुन ८ सम्म ३५६७ नेपालीले छाडे देश, विमानबाट नेपाल फर्कनेहरु २२२


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

कोरोनाको महामारी सुरुभएदेखि मार्च २७ पछि जुन ८ सम्म ३५६७ जना नेपालीले विमानबाट देश छाडेका छन् । मार्च २४ देखि नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेर सबै अन्तर्राष्ट्रिय उडान र सीमा नाकाहरु बन्द गर्ने घोषणा गरेको थियो ।

यो अवधिमा चार्टड उडानमार्फत विभिन्न देशहरुले आफ्ना नागरिकहरु उद्दार गरेर लैजान सकिने नेपाल सरकारले व्यवस्था गरेको थियो । ती चार्टड उडानहरुमार्फत नेपालबाट बाहिरिने कुनै पनि मुलुकका नागरिकको तुलनामा नेपालीहरु सबैभन्दा धेरै रहेका छन् ।

अध्यागमन अधिकृत पवनकुमार गुप्ताका अनुशार यो अवधिमा ३५६७ जना नेपालीहरुले विमानबाट नेपाल छाडेपनि उनीहरु कहाँ कहाँ गए भन्नेबारे स्पष्ट खुलाइएको छैन । विदेशको पीआर र ग्रिनकार्ड भएका कैयन नेपालीहरु यो अवधिमा नेपालबाट बाहिरिएका थिए ।

अमेरिकी नागरिकका ग्रिनकार्डवाहक परिवारका सदस्यहरु पनि यो अवधिमा अमेरिका आएका छन् । त्यस्तै अमेरिकाको आप्रवासी भिसा पाइसकेकाहरुमध्ये केही व्यक्ति यो अवधिमा अमेरिका आएका छन् । लकडाउनको यो अवधिमा ३५६७ नेपाली बाहेक विभिन्न अन्य देशका नागरिकहरु गरी ९ हजार ९ सय २६ जनाले नेपाल छाडेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही अवधिमा विमानबाट नेपाल फर्कने नेपालीहरुको संख्या भने जम्मा २२२ रहेको छ । यो जुन ८ सम्मको रेकर्ड हो भने त्यसपछि पनि केही नेपालीहरु स्वदेश फर्किएका छन् । जुन ११ मा कुवेत सरकारको सहयोगमा ३३५ नेपाली स्वदेश फर्किएका थिए । बर्मा र युएईबाट फर्केकाहरुको संख्या भने २ सय २२ भित्र नै रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com