नेपालको अध्यागमन सोमबारदेखि खुल्ने, जुन २९ भित्र नेपाल छाड्नेको भिसा नियमन एयरपोर्टमै


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

नेपालको अध्यागमन विभागले कोरोनाको महामारीका कारण बन्द रहेको सेवा सोमबारदेखि सेवा सुचारु गर्ने भएको छ । विभागले नयाँ भिसा, नविकरण र थप लगायतका प्रकृयाहरु सुचारु गर्ने भएको छ ।

आगामी जुन २९ भित्र नेपालबाट प्रस्थान गर्नेहरुले भने विभागमा गएर भिसा नविकरण गरिरहन नपर्ने जनाइएको छ । उनीहरुको भिसा नियमनको काम प्रस्थानकै समयमा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । तर उनीहरुको भिसा मार्च २१ सम्म भने अद्यावधिक भएको हुनुपर्नेछ ।

ती बाहेक अन्यले भिसा नविकरण वा अवधि थप्नका लागि अध्यागमन विभागको वेवसाइटमा अनलाइनमार्फत फर्म भर्नुपर्नेछ । फर्म भरिसकेपछि सब्मिसन आईडी लिएर तोकिएको मिति र समयमा मात्र विभागमा सम्पर्क गर्न सुझाव दिइएको छ । अनलाइन आवेदन दिएकाहरुलाई विभागले फोन सम्पर्क गरेर उपस्थीत हुने समय उपलब्ध गराउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागमा आउँदा अन्य असम्बन्धित व्यक्तिलाई नल्याउन सुझाव दिइएको छ । त्यस्तै वैवाहिक बाहेक अन्य नाता भिसा नविकरण गर्न आउँदा सनाखत गर्ने व्यक्ति ल्याउन नपर्ने तर पहिलो पटक नाता भिसा लिन आउनेहरुले सनाखत गर्ने व्यक्ति अनिवार्य रुपमा ल्याउन सुझाव दिइएको छ ।

१० बर्षभन्दा मुनीका नावालकको भिसा थप गर्न अभिभावकमात्र आए पुग्ने र नावालकलाई साथमा ल्याउन नपर्ने जनाइएको छ । विभागमा आउँदा मास्कको प्रयोग अनिवार्य गर्न र कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com