सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ । उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ । हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ ।
नेपालमा पछिल्लोसमय कोरोना संक्रमण बढ्दै जाँदा सरकारी प्रयोगशालाहरूले मात्र परीक्षण गर्न कठिन भएपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिने निर्णय गरेको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।