उन्मुक्त आकाश


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

– गीता पन्थ

नियाल्दै आकाशको
नौलाख तारा
यो सम्झनाको सामून्द्रीक तटबाट
किन ओझेल हुन्छ्न खै कुन्नि
द्रवित,आल्हादित मनका छालहरू

टपक्क टिपेर आला सम्झनाका कोपिला
सिउरिने मन हुन्छ सत्य धरोधर्म
कहिलेकाही मनकै प्रेमिल कान्लाहरूमा निर्धक्क

खोपेर छातीको देब्रे कुनामा
मन पर्ने मान्छेको अमुर्त चित्र
फाडेर लोकलाजको दसगजा
सत्य भन्दैछु यो समय नढाटी
मलाई उन्मुक्त आकाश चाहिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाच्नुको नाममा लिखित
अथवा अलिखित थुप्रै थुप्रै सम्झौता को एकल बादी म
नझुकेर आफ्नो स्वत्वको खातिर एक्लो एकलव्य म
मलाई मेरै नामको आकाश चाहिएको छ।
मलाई मेरै नामको जिन्दगी बाच्नु छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com