नेशनल भिसा सेन्टरबाट कागजी पत्रको जवाफ दिन बन्द, पत्र नपठाउन आग्रह


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

अमेरिकाको विदेश मन्त्रालय अन्तरगत नेशनल भिसा सेन्टरले कागजी पत्रको जवाफ दिन बन्द गरेको छ । आफ्नो केसको बारेमा सोधखोज गर्नुपरेमा अबदेखि हुलाकबाट कागजी पत्र नपठाउन नेशनल भिसा सेन्टरले सबैलाई आग्रह गरेको छ ।

नेशनल भिसा सेन्टरले अमेरिकामा आप्रवासी भिसामा आउनेहरुको आवेदन प्रकृयामा लैजाने काम गर्छ । अमेरिकी ग्रिनकार्डवाहक वा नागरिकले आफ्ना परिवारका सदस्यहरुलाई अमेरिकामा ल्याउनुपरेमा नेशनल भिसा सेन्टर हुँदै भिसाको प्रकृया अगाडि बढाउनुपर्छ ।

सोमबारदेखि लागु हुनेगरी कागजी सोधखोज बन्द गरिएको नेशनल भिसा सेन्टरले जनाएको छ । अबदेखि नेशनल भिसा सेन्टरले कसैले आफ्नो केसको बारेमा हुलाकमार्फत पत्र पठाएर सोधखोज गरेमा त्यस्ता पत्रको जवाफ दिनेछैन, त्यस्ता पत्रहरु सिधै नष्ट गर्नेछ । नेशनल भिसा सेन्टरलाई आधुनिकीकरण गर्न र आवेदनहरुलाई व्यवस्थीत गर्न कागजी पत्रको प्रकृया अन्त्य गरेको भिसा सेन्टरले जनाएको छ ।

जुन १ वा त्योभन्दा पछाडिको पोष्टमार्क भएका पत्रको भिसा सेन्टरले जवाफ नदिने जनाएको छ । अबदेखि कुनै कुराको सोधखोज गर्नुपरेमा अनलाइनमार्फत गर्नुपर्ने भएको छ । आफ्नो केसबारे नेशनल भिसा सेन्टरमा सोधीखोजी गर्नुपरेमा अबदेखि अनलाइनमार्फत यो फर्म भर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी सोधीखोजी गर्दा तपाईले केस नम्बर वा युएससीआईएसको रिसिप्ट नम्बर, प्राथमिक आवेदकको नाम, जन्ममिति, इमेल ठेगाना लगायतका विवरणहरु भर्नुपर्छ । र, आफ्नो प्रश्न टाइप गरेर पठाउन सकिन्छ । कुनै डमुमेन्ट भएमा पनि अट्याच गरेर पठाउन सकिने व्यवस्था गरिएको छ ।

यदि नेशनल भिसा सेन्टरले इमेल गरेर, फोन गरेर वा पत्र पठाएर कुनै कागजात हुलाकबाट पठाउन अनुरोध गरेको खण्डमा भने तपाईले त्यस्ता कागजातहरु हुलाकबाट नै पठाउनुपर्छ । तर कुनै पनि कागजात पठाउँदा ओरिजिनल कागजात नपठाई फोटोकपीमात्र पठाउन नेशनल भिसा सेन्टरले अनुरोध गरेको छ ।

अनलाइनबाट सोधीखोजी गर्दा एउटै प्रश्न बारम्बार नपठाउन समेत अनुरोध गरिएको छ । एउटै प्रश्न बारम्बार पठाउँदा जवाफ दिनमा ढिलाई हुने समेत नेशनल भिसा सेन्टरले जनाएको छ । कुनै प्रश्नको फ्लोअप सोधीखोजी गर्दा कम्तीमा एकसाता कुर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com