नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा : अध्यक्ष पन्त


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब इमिरेट्सबाट नेपाली फर्काउन शुरु गरिने भएको हो ।

एनआरएनएले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपछि सरकारले नेपालीलाई स्वदेश फर्काउन शुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले जिकिर गरे । संघले नेपालीलाई तत्काल स्वदेश फर्काउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पटक–पटक छलफल गरेको एनआरएन, कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्कन शुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुशी व्यक्त गर्दै देशवासीलाई स्वदेश फर्काउने कार्यमा संघले सक्दो सहजीकरण गर्न संघका सबै राष्ट्रिय समन्वय समिति (एनसिसी) लाई तयारी अवस्थामा राखिएको जानकारी दिए । संघले विश्वभर छरिएका नेपाली दूतावाससंँग सहकार्य गर्दै नेपालीको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई निर्देशन दिइसकेको छ ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारामा परेका सबै नेपालीलाई धैर्य गरी जहाँ आफू रहेको हो त्यहीँ रहन र एकार्कालाई सहयोग पु¥याउनसमेत आग्रह गरे । यसअघि संघका विदेशस्थित शाखाले नेपाल फर्कन चाहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । तथ्यांकानुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको सङ्घले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com