जुन ४ र जुन ६ मा काठमाडौंबाट अमेरिका आउन सकिने, अमेरिकी नागरिकलाईमात्र सिट उपलब्ध


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

आगामी जुन ४ र जुन ६ मा काठमाडौंबाट कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका आउन सकिने भएको छ । यी दुबै उडान कतार एयरवेजका व्यापारिक उडानहरु हुन् । जसका लागि टिकटको बन्दोबस्त प्रेसिडेन्ट ट्राभलले गरेको छ ।

मोबाइल नम्बर :  9801023761, 9851023761, 9801052389
अफिसको नम्बर :  01 4220245, EXT: 203, 01 4252995
इमेल – [email protected][email protected]

यी उडानहरुमा अत्यन्तै कममात्र सिट उपलब्ध भएको र अमेरिकी नागरिकका लागिमात्र सिट उपलब्ध गराइने जानकारी आफूहरुले पाएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । दोहाबाट कतार एयरवेजमार्फत अमेरिकाका दुईवटा गन्तब्यहरु शिकागो र डलासमात्र आउन सकिन्छ ।

यी उडानमार्फत अमेरिका आउन चाहनेहरुले प्रेसिडेन्ट ट्राभलमा सिधा सम्पर्क गर्न सक्नेछन् । यी उडानमार्फत अमेरिका आउने निश्चित भएका तर काठमाडौंबाहिर रहेका अमेरिकी नागरिकहरुलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

दूतावासमा सम्पर्क गर्दा काठमाडौंबाहिरबाट काठमाडौं आउने गाडीको नम्बर, आफू बसिरहेको स्थान, काठमाडौं आउँदा गाडी चलाउने व्यक्तिको नाम, सम्पर्क र लाइसेन्स नम्बर तथा काठमाडौं आएपछि बस्ने स्थानको बारेमा जानकारी दिन सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com