नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म फर्म भर्नुपर्ने


प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार

तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म दूतावासले उपलब्ध गराएको फर्म भर्नुपर्ने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार कोभिड १९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ जारी भएको सन्दर्भमा कोभिड १९ महामारीको परिणामस्वरूप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र यस राजदूतावासको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको दूतावासले जनाएको छ ।

यस प्रयोजनका लागि अध्यावधिक विवरण आवश्यक भएको हुँदा यसअघि दूतावासको फेसबुक पेज, इमेल, इमर्जेन्सि रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाउनुभएका र टिपाउन बाँकी रहेका नेपाल फर्कन चाहनुहुने सम्पूर्ण नेपाली नागरिकहरूले राजदूतावासको वेभसाइटमा राखिएको फर्म भरी आफ्नो विवरण यही २ जुन २०२० सम्ममा राजदूतावासमा उपलब्ध गराउनुहुन अनुरोध गरिएको छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।

विवरण अध्यावधिक भएपश्चात् मात्र नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्न, नेपालसम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगेपश्चातको क्वारेन्टिन आदिको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले यथार्थ र सही विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु शर्त पालना गर्नुपर्नेछ ।

त्यस्तै हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।

त्यसैगरी स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड(१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।

विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी एकसय दशमलव चार डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हाम्रो स्वास्थ्य एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।

नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु दूतावासले जनाएको छ । एअरलाइन्स र उडान तालिकाको सम्बन्धमा पछि जानकारी गराइने दूतावासको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com