राष्ट्रपति विद्यादेवी भण्डारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्शा बुझाउनुभएको छ । मन्त्री अर्यालले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर नेपाल राजपत्रमा प्रकाशित नयाँ नक्शा बुझाउनुभएको हो ।
यसैबीच उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नयाँ नक्शा बुझाउनुभएको छ । त्यस्तै, मन्त्री अर्यालले उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसना तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि नयाँ नक्सा बुझाउनुभएको छ ।
भूमि व्यवस्था मन्त्रालयले गत बुधरबामात्रै छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको लिम्पियाधूरा, लिपुलेक र कालापानीसमेत समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।