अन्सोबाट अमेरिकाका ९ कलेजका नेपाली विद्यार्थीलाई जनही २०५ डलरसम्म सहयोग


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

अमेरिकामा रहेको युनाइटेड नेपलिज स्टुडेण्ड युनियन अन्सोले अमेरिकामा एफवान स्टाटसमा रहेका १२ जना विद्यार्थीहरुलाई एकसयदेखि २०५ डलरसम्म सहयोग गरेको छ । त्यस्तै विद्यार्थीलाई ३ सय डलरको ग्रोसरी र औषधीका लागि १५० डलर समेत उपलब्ध गराएको अन्सोका प्रतिनिधि विजयमान सिंहले जानकारी दिएका छन् ।

युनिभर्सिटी अफ न्यु ह्याभन, काल्डवेल युनिभर्सिटी, क्वीन्स कलेज, डेब्राई युनिभर्सिटी, ट्रुम्यान स्टेट युनिभर्सिटी, इस्ट वेष्ट युनिभर्सिटी, योर्क कलेज, सेन्ट जोसेफ कलेज र लागुआर्डिया कम्युनिटी कलेजका विद्यार्थीहरुलाई एकसयदेखि २ सय ५ डलरसम्म सहयोग प्रदान गरिएको हो । अहिले एफ वान स्टाटसमा रहेका विद्यार्थीहरुलाई नगदको अत्यन्तै खाँचो रहेकाले संस्थाका तर्फबाट सक्दो सहयोग उपलब्ध गराइएको सिंहले बताए ।

अहिलेसम्म संकलित २५६० डलरबाट ग्रोसरी र औषधीमा ४५० डलर र बाँकी २११० डलर विद्यार्थीहरुलाई नगद सहयोग गरिएको छ ।

न्युजर्सीको काल्डवेल युनिभर्सिटीका विद्यार्थीहरुलाई ३ सय डलरको ग्रोसरी सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियारमार्फत पुर्याइएको थियो । संकलित सबै रकम सहयोगमा वितरण गरिएको र सहयोग संकलन अभियान अझै जारी रहेको भन्दै संस्थाका तर्फबाट सहयोगका लागि अपिल गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीको सहयोगका लागि गोफमण्डी एकाउन्ट समेत बनाइएको छ । यदि तपाई गोफण्डमीमा गएर सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

अन्सोका प्रतिनिधि सिंहले पहिलो राउण्डमा सहयोग वितरण गरिएको र रकम संकलन भएमा आगामी दिनमा पनि सहयोग गरिने बताउँदै समस्यामा परेका विद्यार्थीहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । समस्यामा परेका नेपाली विद्यार्थीहरुले विजयमान सिंहलाई ३४७ ४७१ ७३३३, सन्तोष महर्जनलाई ७१८ ५१० २०७४ मा, चन्द्रबिक्रम मल्ललाई ६०१ २९१ ३८८६ मा वा [email protected] मा सम्पर्क गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com