अमेरिका तथा नेपालमा राहतका लागि नासो कम्युनिटीबाट सहयोग संकलन


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

नासो कम्युनिटी अमेरिकाले कोरोनाको महामारीबाट विश्वभर लाखौं मानिसहरुले जीवन गुमाउनु परेको अवस्थामा अमेरिका लगायत मातृभूमि नेपाल पनि यसबाट प्रभावित भएको यो दुःखद घडीमा कोविड १९ का लाई परास्त गर्न सबै संग हातेमालो गर्ने निर्णय गरेको छ।

दैनिक ज्याला मजदुरी गरेर निर्वाह गर्नुपर्ने तथा अत्यन्त गरीबी अवस्थामा गुज्रिरहेका नेपाली समुदाय, बिशेष गरि पिछडिएका समुदायका सदस्यहरु यसबाट अझै बढी प्रभावित भएको भन्दै उनीहरुलाई राहतका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ ।

नासो कम्युनिटी अध्यक्ष गोपाल विश्वकर्माले जारी गरेको वक्तब्यमा भनिएको छ – ‘कलकारखाना सबै बन्द हुनाले दैनिक ज्याला मजदुरी गरि खानु पर्ने समुदाय भोकमरीको स्थितिमा छन्। यसै सन्दर्भमा नासो कम्युनिटी अमेरिकाले सहयोगको हात बढाएको हो।’

नासो कम्युनिटीले अमेरिका र नेपालमा सहयोग गर्ने उदेश्यले विभिन्न निर्णयहरू गरेको जनाइएको छ । अमेरिकाका तथा नेपालमा कोरोनाबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने हेतुले एउटा कार्यदल गठन गरेको छ। उक्त कार्यदलले राहत संकलन, ब्यबस्थापन तथा परिचालन सम्बन्धी आवश्यक निर्णयहरु गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यदलमा समाजसेवी कृष्ण सोबको संयोजनमा गोपाल बिश्वकर्मा, धरम बिश्वकर्मा, डाक्टर बिष्णुमाया परियार, बिक्रम पोख्रेल, प्रकाश नेपाल, रायन लाम्गादे, राजेन्द्रकुमार सेन्चुरी, पदम बिश्वकर्मा तथा डीवि सागर बिश्वकर्मा रहनु भएको छ।

राज्य स्तरमा समन्वय गर्न मेरिल्यांडमा गोपाल विश्वकर्मा, विक्रम पोखरेल, पूर्णसिंह बराईली , राजेन्द्र सेन्चूरी, भिम विक कोलोराडोमा पदम विश्वकर्मा र अर्जुन बगाले न्यूयोर्कमा रायन लाम्धादे, कमल बिक र खेम रामदाम न्यूजर्सीमा डाक्टर विष्णुमाया परियार र दीपक परियार पेन्सिलभेनियामा धरम विश्वकर्मा, भर्जिनियामा कृष्ण सोब, डाक्टर दान विश्वकर्मा, प्रकाश नेपाल र डी बि सागर क्यालोफ़ोर्नियामा रामकृष्ण लकांद्री टेक्ससमा कुल बहादुर बिक रहनु भएको क्षेत्रीय सम्पर्क समिति गठन गरिएको छ ।

अमेरिका स्थित नासो कम्युनिटीले अमेरिका तथा नेपालमा राहत होस् भन्ने हेतुले बिभिन्न सदस्यहरु, समाजका व्यक्तित्वहरुबाट धेरै थोरै जे जती सकिन्छ, मन फुकाएर सहयोगको हात बढाऊन अनुरोध गरेको कार्यदलका संयोजक कृष्ण सोबले बताउनु भयो ।

गोफण्डमीमार्फत सहयोग का लागी यो लिंकमा जानूहोस ।

त्यो बाहेक नासो कम्युनिटीको बैंक एकाउन्टमार्फत सहयोग पठाउन वा डीबी सागरलाई फोन नम्बर २०२ ५३८ १४३५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com