विकास र समृद्धिका लागि विधिको शासन आवश्यक : संयोजक भट्टराई


प्रकाशित मिति : भाद्र १, २०७३ बुधबार

 

 

नयाँशक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि विधिको शासन आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय बबरमहलमा जनतासँग नियमित भेटघाटको क्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामी सबैले विधिको शासन अवलम्बन गर्नुपर्छ र पार्टी भित्र पनि नेता कार्यकर्ताहरुको व्यवस्थापनका लागि विधिको शासन लागू गर्नुपर्छ तब मात्र आर्थिक विकास र प्रगति संभव छ’ उहाँले जबसम्म जनस्तरमा कानूनी शासन लागू गर्न सकिन्न परिवर्तन र समृद्धि हालिस हुन सक्दैन ।
सबैको सहयोगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको हुँदा अब देशलाई आर्थिक विकासको चुचुरोमा पुर्याउनु पर्ने आवश्यकता औंल्याउँदै विकासलाई केन्द्रमा राखेर नयाँ शक्ति स्थापना गरिएको उहाँले बताउनु भयो ।
आम जनताको जिविकासँग सम्बन्धित एजेण्डाहरु नै नयाँ शक्तिको एजेण्डा भएको हुँदा अब जनताको सेवालाई नै नयाँ शक्तिले आफ्नो धर्म मान्ने बताउँदै उहाँले भन्नुभयो, ‘नयाँ शक्ति जनतको पार्टी हो, नयाँ शक्तिले सधैं जनताको सेवा गर्नेछ’ । त्यसैगरी भूकम्प पीडित, बाढी पीडित, सहिद बेपत्ता, घाइते अपांगहरुलाई राज्यले यथोचित न्याय गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो, ‘राज्यको संरचना फितलो भएका कारण भूकम्पपीडित, द्वन्द्वपीडित, प्राकृतिक प्रकोपपीडितलाई राज्यको तर्फबाट राहत र सहयोग दिलाउन नयाँ शक्तिले पहल गर्नेछ’ ।
नयाँ शक्ति सबैको शक्ति भएको हुँदा यसले कसैलाई अन्याय नगर्ने र सबै जनताको मुद्दालाई यसले उठाउने बताउँदै उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा हुने ठगी रोक्न, अनियमितता, वित्तीय क्षेत्रका समस्याहरु समाधान गर्न र भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्नेछ’ उहाँले भन्नुभयो ।
सोही कार्यक्रममा उहाँले ७९ वर्षीय कवि मनोज कुमार रिमालले लेखेको कविता संग्रह ‘गीत वसन्त’को विमोचन गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com