एसईई परीक्षाको विकल्प प्रस्तुत


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो ।

शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, “विकल्प दिएका छौँ ।

त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।” सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com