लाचार सरकारकै कारण बिदेशी हस्तक्षेप बढेको कांग्रेस नेताहरुको आरोप


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

नेपाली कांग्रेसका आधा दर्जन केन्द्रिय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको खोक्रो राष्ट्रवादकै कारण नेपाली भूमिमा बिदेशी हस्तक्षेप बढ्दै गएको आरोप लगाएका छन् । कांग्रेस नेताहरुले लामो समयदेखी नेपाली भूमिमा हस्तक्षेप हुँदा समेत सरकारका तर्फबाट कुनै पहल नहुनु र कुटनीतिक हिसाबले समस्या समाधान गर्न नखोज्नुले बिदेशी हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपालको समय अनुसार शनिवार साँझ भिडियो बैठक मार्फत विश्वभरका कांग्रेस नेताहरुलाई सम्बोधन गर्दै मन्त्री समेत भईसकेका केन्द्रिय नेताहरुले कम्यूनिष्टहरुले सत्ताकै लागि नक्कली राष्ट्रवाद देखाउने गरेको र सत्तामा पुगेपछि लोकतान्त्रिक मुल्य मान्यता बिर्सने र बिदेशी सामु घुँडा टेक्ने गरेको आरोप लगाएका छन् । कांग्रेस नेताहरुले ६ महिना पहिले भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचिएको बारे सरकारले यथेष्ट पहल नर्गदाको परिणाम स्वरुप पुन भारतले मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको आरोप लगाए ।

जनसम्पर्क समितिका पदाधिकारीहरु, एनआरएनमा रहेका प्रजातन्त्रप्रेमी नेता तथा कांग्रेसका भातृसंगठनहरुमा रहेर लामो समय काम गरेका कांग्रेस नेताहरु सहभागि बैठकलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपि साउदले आगामी १४ औं महाधिवशेनपछि पार्टीले नयाँ जीवन पाउने भन्दै पार्टी सुधारका लागि कृयाशिल रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री सरिता प्रसाईले पार्टी कम्जोर हालतमा पुग्नुको श्रेय सबै नेता कार्यकर्तालाई जाने भन्दै विश्वभर रहेका कांग्रेसका नेता तथा शुभचिन्तकहरुलाई आगामी महाधिवशेनमा नेपाल आएर पार्टी सुधारका लागि भूमिका खेल्न आग्रह गरेकी छन् । उनले बिदेशमा ज्ञान, सिप, दक्षता हासिल गरेका नेपालीहरुलाई नेपाल फर्किएर देश बिकासमा योगदान दिन आग्रह समेत गरेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्वमन्त्री दिपक गिरीले कांग्रेसलाई कम्जोर प्रतिपक्ष भनेर गाली गर्ने अधिकार जनतालाई भएको भन्दै पार्टीले खेल्ने भूमिका शसक्क्त बनाउन आफु र सहभागि केन्द्रिय सदस्यहरुलाई सहभागिले दिएको शुझावलाई अनुशरण गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरी बैठकमा बोल्दै पूर्वमन्त्री एवं केन्द्रिय सदस्य शंकर भण्डारीले विश्वभरका कांग्रेस नेताहरुले पार्टीको चिन्ता गरेर दिएको सुझावलाई पार्टीका शिर्ष नेताहरु समक्ष राख्ने प्रतिवद्धता जनाउँदै कोरोनाको महामारीलाई एक भएर सामना गर्न विश्वभरका नेपालीहरुलाई सुझाव दिएका छन् ।

कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकोमा आफ्नो तर्फबाट समेत गल्ती भएको स्विकार गर्दै आगामी दिनमा सुधारिएर जाने बताएका छन् । उनले जनसम्पर्क समितिमा रहेका नेता कार्यकर्ताहरुलाई बिधान अनुसार चल्न आग्रह गर्दै पार्टीलाई अहित हुने कुनै पनि कृयाकलाप नगर्न नेताहरुलाई निर्देशन दिएका छन् ।

जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक बिष्णु सुवेदीले संयोजन गरेको बैठकमा केन्द्रिय सदस्य अर्जुन जोसी सहित विश्वभरका जनसम्पर्क समितिका नेता तथा एनआरएनका निर्वाचित तथा प्रत्यासी उम्मेदवारहरुको बाक्लो उपस्थिति थियो । शनिवारको बैठकलाई नेविसंघका पूर्वमहामन्त्री डा. यादव पण्डित, महासमिति सदस्य प्रमोद सिटौला, हरिबोल भण्डारी, तरुणदलका अमेरिका उपसभापति अनन्तराज सुवेदी लगायतले व्यवस्थापन गरेका थिए ।

करिव दुई महिनादेखी भिडियो मार्फत भईरहेको यस प्रकारको बैठकमा कांग्रेस पार्टी सुधारका साथसाथै कोरोनाले पारेको प्रभाव लगायतका बारेमा छलफल हुने गरेको जनाइको छ । यस्ता बैठकमा विश्वभर रहेका जनसम्पर्क समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा एनआरएनका निर्वाचित पदाधिकारीहरुले नेताहरुलाई सुझाव दिने गरेका छन् । सहभागिहरुले राखेका सुझावहरुलाई पार्टी केन्द्रिय कार्यलयमा पेश गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com