बिदेशमा रोकिएका नेपालीलाई यथासिघ्र स्वदेश फर्काउन सरकारसंग आग्रह गर्दछु : कांग्रेस नेता सिटौला


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

कांग्रेसका प्रभावशाली नेता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसका कारण बिदेशमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउन तिनदिन भित्र पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । नेता सिटौलाले बिभिन्न प्रायोजनमा बिदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउन प्रधानमन्त्रीलाई नै भेटेर सार्थक पहल थाल्ने प्रतिवद्धता जनाएका हुन् । उनले भने, भारत, अमेरिका, अष्टे«लिया लगायत धेरै मुलुकमा भाइरसको संक्रमणका कारण रोकिएका तथा स्वदेश फर्किने चाहना भएका नेपाली नागरिकहरुका बारेमा जानकार छु, त्यस्ता समस्या समाधान गर्न यथासक्य म पहल गर्छु ।

नेपाली समय अनुसार मंगलबार साँझ जनसम्पर्क समिति अमेकिकाका पूर्व संयोजक बिष्णु सुवेदीले संयोजन गरेको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले महामारीका बेला सरकार जनताका समस्या समाधान गरि राष्ट्रलाई निकास दिनेगरी लाग्नुपर्नेमा सत्ताको खेलमा लागेको भन्दै कटाक्ष समेत गरेका छन् ।

विश्वभरका जनसम्पर्क समितिका नेताहरु सहभागि बैठकमा नेता सिटौलाले बिधानलाई टेकेर हिड्न सुझाव दिँदै बिधान मान्न र गुटउपगुटका नेता नमान्न भनेका छन् । उनले भने हामी कांग्रेस हौं, बिधान भन्दा बाहिर हामी जानु हुँदैन्, अरु समुहका नेता मान्नु जरुरी छैन् । सहभागि कांग्रेस नेताहरुलाई आश्वास्त पार्दै नेता सिटौलाले आगामी महाधिवेशनबाट नेतृत्व फेरिने र कांग्रेसले नयाँ जीवन पाउने बताए ।

जनसम्पर्क समिति, एनआरएन पदाधिकारी लगायत बिदेशमा रहेका कांग्रेस नेताहरु सहभागि भिडियो बैठकलाई सम्बोधन गर्दै अर्का नेता पूर्व सहमहामन्त्री रामशरण महतले प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई अब उत्पादनशिल बनाउनुपर्ने भन्दै सबै युवाहरुलाई देशमै कामगर्ने वातावरण बनाउनका लागि आफु र आफ्नो पार्टी नेपाली कांग्रेस योजनाबद्ध रुपमा लागिरहेको जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा सहभागि अर्का नेता कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले राजनीतिक इतिहास रचेको नेपाली कांगे्रसबाट नै मुलुकको समृद्धि सम्भव हुने तर्क गर्दै, वर्तमान सरकार असफल भईसकेको आरोप लगाएका छन् । उनले अहिलेको महामारीलाई मिलेर सामना गर्न सुझाउँदै बिदेशमा रहेका नेपाली नागरिकहरुलाई सहयोग गर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।

उक्त बैठकमा विश्वभरका जनसम्पर्क समितिका सभापतिहरु, पूर्व सभापतिहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, एनआरएनमा रहेका प्रजातान्त्रिक बिचार बोक्ने नेताहरु तथा नेपाल बिद्यार्थी संगठनमा लामो समय काम गरेका पूर्व नेताहरु सहभागि थिए । बैठकमा उठेका सुझावलाई नेविसंघका पूर्व महामन्त्री यादव पण्डित, महाधिवेशन प्रतिनिधि एनआरएन आईसिसी सदस्य प्रमोद सिटौला, तरुणदल अमेरिका उपसभापति अनन्त सुवेदीले संकलन गरेका छन् । बैठकमा सहभागिहरुले राखेका सुझावहरुलाई पार्टी केन्द्रिय कार्यलयमा पठाइने जानकारी दिइएको छ ।

एनआरएनका अध्यक्ष प्रत्यासी कुल आचार्य, केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठ, अमेरिका क्षेत्रिय संयोजक राजन त्रिपाठी, यूरोप संयोजक नारायण आचार्य, यूरोप क्षेत्रिय सहसहयोजक शुक्रराज न्यौपाने, कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक तथा वरिष्ठ कानुन व्यवसायी खगेन्द्र जिसी, एनआरएनए अमेरिका पूर्व अध्यक्ष डा. केशव पौडेल, नेविसंघका पूर्व केन्द्रिय कोषाध्यक्ष विश्वआर्दश पण्डित, जनसम्पर्क समिति स्पेनका पूर्व सभापति चिन्तामणी सापकोटा, बेल्जियम सभापति सिता सापकोटा, जर्मन सभापति शेखर खड्का, भारतका सभापति बालकृष्ण पाण्डे लगायतले बोलेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com