कांग्रेस नेताहरुले भिडियो कलमा भने,-‘केपी ओलीले अब मुलुक धान्न सक्दैनन्’


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले विश्वभर रहेका कांग्रेस सर्मथित नेताहरुलाई कोरोना महामारीमा परेका नेपालीहरुको सहयोगका लागि जुट्न आग्रह गरेका छन् । नेपालको स्थानिय समय अनुसार मंगलबार साँझ भएको भिडियो बैठकमा केन्द्रिय सदस्यहरुले यस्तो आग्रह गरेका हुन् ।

जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले संयोजन गरेको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका बिपक्षी दलका पूर्व नेता सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य एवं पूर्व मन्त्री महालक्ष्मी डिना उपाध्याय, केन्द्रिय सदस्य प्रभावशाली युवा नेता प्रदिप पौडेलले संकटको यो घडिमा विश्वभर रहेका कांग्रेस निकटहरुलाई नेपाली जनताको भरोसाको पार्टी कांग्रेस भएको भन्दै, अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

बैठकमा बोल्दै केन्द्रिय सदस्य सुन्द्र पाण्डेले नेपाल सरकार महामारीलाई रोक्न र महामारी पछिको अवस्थालाई मुल्याङकन मुलुकलाई निकास दिन काम गर्नुको सट्टा पार्टी फुटाउने खेलमा लागेको आरोप लगाउँदै कांग्रेसले देशको निकासमा लागि सक्रियता देखाउनुपर्ने बताए ।

कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री डिना उपाध्यायले कोरोना महामारीमा सरकार स्वयम सत्ताको खेलमा लागेको बताउँदै कम्यूनिष्टहरुले संकटको घडिमा समेत असली चरित्र देखाएको भन्दै कटाक्ष गरेकी छन् । यसैगरी प्रभावशाली युवा प्रदिप नेता पौडेलले रोगी प्रधानमन्त्रीले अब मुलुक धान्न नसक्ने भन्दै तत्काल राजिनामा दिन आग्रह गरेका छन् । उनले भने, नेपाली जनताले सत्ता पाँच बर्षका लागि नेकपालाई दिएका छन्, यसर्थ नेकपा भित्रका अन्य नेताले त्यसका लागि सक्रियता देखाउनुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेलले प्रधामन्त्रीप्रति लक्षित गर्दै भने, प्रधानमन्त्री भनेको मुलुकको संबिधानको रक्षक हो तर प्रम स्वय संबिधानको मर्म भन्दा र भावना बाहिर गईसकेकाले तत्काल राजिनामा दिएर मुलुकको निकासका लागि बाटो खोलीदिनुपर्ने धारणा राखे । मंगलबारको बैठकमा अमेरिका लगायत विश्वभर रहेका जनसम्पर्क समिति तथा एनआरएनमा रहेका कांग्रेस सर्मथित नेताहरुले कोरोना भाइरसले पारेको प्रभावमा कांग्रेसको भूमिका, सहयोगका लागि जारी राखिएका प्रयासहरु, विश्वभरबाट नेपाल फर्किन चाहना भएका नेपालीहरुलाई प्रकृया पुराएर नेपाल फर्काउन पहल थाल्नुपर्ने लगायतका बिषयमा बोलेका थिए ।सहभागि नेताहरुले बैठकमा उठेका प्रश्नहरुका बारेमा बुधवार बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा यस बारेमा कुरा राख्ने बताएका छन् । प्रभावशाली युवा नेता पौडेलले नेपालीहरुलाई नेपाल फर्काउनका लागि सकारलाई झक्झाउनका लागि पार्टीले निर्णय लिने जानकारी दिएका छन् ।

बैठकमा एनआरएनका अध्यक्षका प्रत्यासी कुल आचार्य, एनआरएन केन्द्रिय सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप क्षेत्रिय संयोजक नारायण आचार्य, युरोप क्षेत्रिय सहसंयोजक शुक्रराज न्यौपाने, अमेरिकाज क्षेत्रिय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति बेल्जियम सभापति सिता सापकोटा, स्पेन सभापति इन्द्रप्रसाद शर्मा, फ्रान्स सभापति सुधिर राना, इजराज सभापति खगेश्वर अधिकारी, राजेन्द्र बिराही, जितेन्द्र शाही, महासमिति सदस्य विश्व आर्दश पण्डित, बिष्णु सुवेदी, चिन्तामणी सापकोटा, हरिबोल भण्डारी, नवराज सिवाकोटी, कुलप्रसाद गुरुड, सुवास जोशी, डिपी कँडेल, राजेन्द्र जमरकटेल, राजु सहिद, रोशन केसी, बिजय मोक्तान, प्रमोद सिटौला, कन्चन पोखरेल, शालिक चापागाईले बोलेका थिए ।

यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल, नेविसंघ पूर्व महामन्त्री डा.यादव पण्डित, पुष्प थापा, बिनोद थापा, एनआरएनए अमेरिका उपाध्यक्ष बुद्धि सुवेदी, कृष्ण जिवि पन्त, कांग्रेस नेताहरु देवेन सुवेदी, सुर्वण लामा, सोमनाथ घिमिरे, भुपिगोविन्द श्रेष्ठ, बिनोद भट्ट, जनसम्पर्क समिति अमेरिका संस्थापक महाचिव कृष्ण लामिछाने, नेविसंघ अमेरिका सभापति प्रभात सापकोटा, तरुण दल अमेरिका उपसभापति अनन्त सुवेदी, एनआरएन अष्ट्रियाका जिवन कुँवर, पोल्याण्ड सभापति एलएनी सुवेदी पोखरेल, मुक्ति पन्त, सिजन दाहाल, विश्वराज बास्तोला, होम लम्साल, बिष्णुहरि घिमिरे एसमिन बेगम सहिद, विश्व बराल, जनसम्पर्क समितिका सल्लाहकार श्यामकाजी गुरुङ, डा.बोध सुवेदी, बिनोद सुवेदी, रामकृष्ण पुडासैनी लगायतले बोलेका थिए ।

पछिल्लो दुई सातादेखी कोरोना संक्रमण र नेपाली कांग्रेसको भूमिका बिषयमा नेपाली कांग्रेसका केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सहभागितामा हरेक दिन यस प्रकारको छलफल हुने गरेको पूर्व संयोजक सुवेदीले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com