अमेरिकी नागरिक भएको भन्दै झुठो बोलेकालाई अमेरिकामा स्थायी प्रतिबन्ध लाग्ने नीति


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

कतै तपाईले रोजगारदाताले भर्न दिएको फर्ममा युएस नेशलन र युएस सिटिजनमा झुक्किएर सिटिजनमा टिकमार्क त लगाउनुभएन ? कुनै ऋण वा सुविधा लिनका लागि अमेरिकी नागरिक भएको उल्लेख त गर्नुभएन ? यदि अमेरिकी नागरिक नभईकनै तपाईले सन् १९९६ पछि त्यसो गर्नुभएको थियो भने तपाईलाई देशनिकाला र अमेरिकामा स्थायी प्रतिबन्ध लाग्नसक्ने भएको छ ।

यदि कुनै पनि व्यक्ति अमेरिकाको नागरिक भइसकेको छैन तर उसले अमेरिकाको कुनै सुविधा लिनका लागि ढाँटेर आफू अमेरिकी नागरिक भएको बताएमा अमेरिकाबाट देशनिकाला र अमेरिकाप्रवेशमा प्रतिबन्ध समेत लाग्नसक्ने भएको छ । युएससीआईएसले पोलीसी अलर्ट जारी गर्दै अमेरिकी नागरिकता नलिंदै अमेरिकी नागरिक बताएमा त्यस्तो व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लाग्नसक्ने वा ग्रिनकार्डका लागि अयोग्य हुनसक्ने बताएको छ ।

सन् १९९६ को सेप्टेम्बर ३० को मिति वा त्यो भन्दा पछाडिको मितिमा आफू अमेरिकी नागरिक भएको बताएर सुविधा लिएको गैर अमेरिकी नागरिकलाई यस्तो प्रतिबन्ध लाग्नेछ । यदि उक्त आधारमा दोषी देखिएमा व्यक्तिलाई अमेरिकामा सधैका लागि प्रतिबन्ध लगाइने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले अपडेट गरेको नीतिको सारांश

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोलीसी अलर्ट यहाँ पढ्नुहोला ।

त्यस्तो मामलामा दोषी देखिएको व्यक्तिका लागि कुनै वेभरको समेत सुविधा नभएको जनाइएको छ । तर १६ बर्षको उमेरभन्दा सानो उमेरदेखि नै अमेरिकामा स्थायीरुपमा बसोबास गर्दै आएकाहरुका सन्दर्भमा भने अपवाद लागु हुनसक्ने र छुट दिन सकिने युएससीआईएसले जनाएको छ ।

कारवाहीमा पर्ने व्यक्तिका बारेमा अधिकारीहरुले ६ वटा चरणमा दोषी भए नभएको निर्धारण गर्नेछन् । पहिलो चरणमा व्यक्तिले विगतमा अमेरिकी नागरिक भएको झुठो दावी गरे नगरेको निर्धारण गरिनेछ । दोश्रो चरणमा उक्त दावी सन् १९९६ को सेप्टेम्बर ३० भन्दा अगाडि वा पछाडि भएका निर्धारण गरिनेछ ।

उक्त नीतिको उद्देश्य र पृष्ठभूमि यहाँ पढ्नुहोस्

त्यस्तै तेश्रो चरणमा उक्त झुठो दावी इमिग्रेशन एण्ड नेशनालिटी एक्ट अन्तरगत वा कुनै संघीय तथा राज्यको कानुन अन्तरगत फाइदा लिनका लागि भएनभएको निर्धारण गरिनेछ । त्यसपछि व्यक्तिले उक्त झुठो दावी समयमै सच्याएको वा नसच्याएकोबारे निर्धारण गरिनेछ ।

यसरी निर्धारण गरिसकेपछि व्यक्ति कारवाहीको लागि अपवादमा पर्ने नपर्ने निर्धारण गरिनेछ । त्यस्तै व्यक्तिले कुनै छुट वा सुविधा पाउने नपाउने निर्धाणर गरिनेछ । अपवादमा नपरेमा वा छुट पाउने अवस्था नभएमा उक्त व्यक्तिलाई अमेरिकामा स्थायीरुपमा नै प्रतिबन्ध लगाइनेछ ।

यसरी गरिनेछ झुठो बोलेको निर्धारण । विस्तृतमा ।

व्यक्तिले मौखिक अन्तरवार्ता, लिखित आवेदन वा प्रमाण पेश गर्ने सन्दर्भमा झुठो दावी गरेको हुनसक्ने तथा सपथ लिएको अवस्थामा झुठो दावी गरेको हो वा होइन भन्ने कुराले अर्थ नराख्ने युएससीआईएसले जनाएको छ । व्यक्तिले युएससीआईएसमा नै झुठो दावी गरेको नभई अन्य संघीय, राज्य वा स्थानीय अधिकारीहरुसमक्ष समेत झुठो बोलेको हुनसक्ने र रोजगारदाता लगायतका व्यक्तिसँग समेत झुठो दावी गरेको हुनसक्ने समेत निर्धारण गरिनेछ ।

युएस नेशनल र अमेरिकी नागरिकमा भिन्नता रहेको तथा अमेरिकी नागरिक नभएको व्यक्ति समेत नेशनल हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ । यदि कुनै व्यक्तिले अमेरिकी नागरिक भएको नभई अमेरिकी नेशनल भएकोमात्र भनेर झुठो दावी कतै गरेको भने त्यस्तो व्यक्ति भने यो आधारमा अस्वीकार्य नहुने तथा प्रतिबन्ध नलाग्ने जनाइएको छ । तर अन्य आधारमा भने उक्त व्यक्ति दोषी हुनसक्छ ।

अप्रिल ३, २००९ भन्दा अगाडिको रोजगारी योग्यता प्रमाणिकरण फर्म आई नाइनमा व्यक्ति अमेरिकी नागरिक वा नेशनल हो भन्ने प्रश्नमा कसैले अमेरिकी नागरिक नभईकनै हो भन्ने उल्लेख गरेको छ भने त्यस्तो व्यक्ति पनि कारवाहीको भागिदार नहुनसक्छ । किनभने त्यो भन्दा अगाडिको फर्म आई ९ मा अमेरिकी नागरिक र नेशनलका बीचमा भिन्नता उल्लेख गरिएको थिएन ।

देशनिकाला र प्रतिबन्धको कारवाही गर्ने प्रकृया के छ ? यहाँ पढ्नुहोस् ।

तर यो फर्म भर्दा आफूले नागरिक नभई नेशनल उल्लेख गर्न चाहेको कुरा प्रमाणित गर्नुपर्ने हुनसक्छ । अप्रिल ३, २००९ को वा त्यो भन्दा पछिको फर्मको संस्करणमा भने अमेरिकी नागरिक र अमेरिकाको गैरनागरिक नेशनलका सन्दर्भमा स्पष्ट पारिएको उक्त फर्ममा झूठो बोलेको व्यक्ति कारवाहीको भागिदार हुनसक्छ ।

अमेरिकी नागरिक भएको झुठो बोलेर अमेरिकी पासपोर्ट लिन खोजेको, अमेरिका छिर्न खोजेको, कुनै रोजगार लिन खोजेको वा लिएको, संघीय वा राज्यको कानुन अन्तरगत ऋण वा अन्य कुनै सुविधा लिएको वा लिन खोजेको व्यक्ति कारवाहीको भागिदार बन्नसक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

कस्तो व्यक्ति अपवादमा पर्छ ? कस्तोलाई छुट दिइन्छ ? विस्तारमा ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com