अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृत भेटिएका छन् । बिगत १७ बर्षदेखी अमेरिकामा बस्दै आएका ३८ बर्षिय थापा बिहिवार आफ्नै निवासमा मृत भेटिएका हुन् ।
दिपेशका दाजु दिवश थापाले दिएको जानकारी अनुसार बिहिवार बिहान पटक पटक फोन गर्दा समेत नउठेपछि भेट्न कोठामा पुग्दा मृत भेटिएको जानकारी दिए । उनका अनुसार मुखबाट रगत निस्किएको देखिएपछि एम्बुलेन्सलाई फोन गरिएको थियो ।
एम्बुलेन्सको चिकित्सकिय टोलीले दिपेशको निधन भइसकेको जानकारी दिएको थियो । स्थानिय समय अनुसार शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । नेपालमा पोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा, आमा छन् । अध्ययनका लागि अमेरिका आएका थापाका बुवा, आमा र बैनी नेपालमा छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।