कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडो स्थित स्थानिय बोल्डर क्षेत्रमा वस्दै आएका ६१ बर्षिय लोकेन्द्र कार्कीको निधन भएको हो ।
बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीका नजिकका व्यक्ति पारस ओझाले जानकारी दिएका छन् । ११ दिन अघि उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
नेपालमा बिराटनगर महानगरपालिका वडा ३, घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती र कान्छी छोरी केही समयका लागि नेपाल गएको जानकारी दिइएको छ । कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।