नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगित


प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार

वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन गरेको छ । नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको छ । आवेदनका क्रममा चलचित्रकर्मीहरुले तिरेको सम्पूर्ण शुल्कहरु पनि फिर्ता गरिएको छ ।

अन्तिम तयारीमा रहेको अन्तर्राष्ट्रिय महोत्सव कोरोना संक्रमणले गर्दा विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नु परेको हो । कोरोनाभाईरसको माहामारीकै कारण महोत्सव आयोजना हुने म्यारिल्याण्ड लगायत संयुक्त राज्य अमेरिकाका प्राय सबै राज्यहरुमा संकटकाल घोषाणा गरिएको छ ।

यस वर्षको महोत्सव स्थगित भए पनि केहि भर्चुअल कार्यक्रमहरु गरिने योजना रहेकोछ । कोरोना संक्रमणको संकट सामान्य बन्दै गएपछि चलचित्र महोत्सव २०२१ को घोषणा र अन्य चलचित्र सम्बन्धि वार्षिक कार्यक्रमहरु घोषणा गरिने छ । सोसाइटीको फेसबुक पेजमा यी कार्यक्रमहरुका बारेमा निरन्तर जानकारी राखिनेछ ।

मेरिल्याण्डको ए.एफ.आइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रिगल सिनेमा ह्याट्सभिल आयोजना हुँदै आएको महोत्सव अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्चको रुपमा स्थापित हुँदै आएको छ । यस महोत्सवका लागि आवेदन दिने नेपाल र अमेरिका लगायत विश्वका सबै चलचित्रकर्मीहरु प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं । यस महोत्सवलाई निरन्तर सहयोग पुर्याउने स्वयंंसेवक, प्रायोजक, चन्दादाता, स्थानीय संघसंस्था सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं । यो सहयोग र माया आगामी वर्ष पनि निरन्तर पाउने अपेक्षा गर्दछौं र सबैलाई स्वस्थ र सुरक्षित रहन कामना गर्दछौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com