अमेरिकाबाट तत्कालै नेपाल फर्किन चाहनेहरुको संख्या २२२ , बतासले बिवरण संकलन गर्दै


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

कोरोना भाइरसको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुको संख्या २२२ पुगेको छ । बिभिन्न भिषामा अमेरिका आई यहीँ रोकिएकाहरुको अहिले पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले बिवरण संकलन गरिरहेको छ ।

बतासका अनुसार हाल सम्म २ सय २२ जनाले तत्कालै नेपाल फर्किनुपर्ने बाध्यता रहेको भन्दै फर्म भरेका छन् । यस्तै अर्गनाइजेशनले अमेरिका लगायत विश्वभरबाट नेपाल फर्किन पाउँ भन्नेहरुको समेत बिवरण संकलन थालेको छ । अर्गनाइजेशनका निर्देशक बतासका अनुसार अमेरिकी सरकारले नेपालमा रहेका ग्रिन कार्ड होल्डरहरुलाई बिमान चार्टर गरेर अमेरिका ल्याउने प्रयास भईरहेको छ, यदी नेपाल ससकारले संयोजन गर्न सकेमा त्यही बिमानमा नेपालीहरु अमेरिकाबाट नेपाल फर्किन सक्छन् । त्यसका लागि उनले अमेरिकास्थित नेपाली राजदूतावास र अमेरिकास्थित अमेरिकी दूतावासमा ईमेल समेत लेखेको जानकारी दिएका छन् ।

अमेरिकामा रोकिएकाहरुले आफुहरु तत्कालै नेपाल फर्किनुपर्ने अवस्था रहेको जनाउँदै नेपाल सरकारसंग गुहार मागिरहेका छन् । उनिहरुले आफुहरुको खर्च सकिन थालेको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने अवस्था रहेको समेत जनाएका छन् । यसरी नेपाल फर्किन पाउँ भन्नेहरुले नेपाल सरकारले निर्देशन गरेका सबै प्रकृया पूर्णत पालना गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय बिमान कम्पनीहरुले आफ्नो देश फर्किन चाहनेहरुका लागि रगत परिक्षण गरेर उडान भर्न सक्ने उल्लेख गरिसकेको छ । भने केही देशहरुमा इमिरेट्स लगायतका बिमान कम्पनीहरुले उडान समेत भरिसकेका छन् ।

अमेरिकामा रहेका नेपाली नागरिकले भर्नुपर्ने फर्म

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Submission Form


अमेरिका बाहेक अन्य देशमा रहेका नेपाली नागरिकहरुले भर्नुपर्ने फर्म

World to Nepal

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com