नेपाली नागरिक देश फिर्ता लैजान सरकारले पहल थाल्नुपर्ने : प्रवासी मञ्च


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

प्रवासी नेपाली एकता मञ्च अमेरिकाले कोरोना भाइरसका कारण बिभिन्न देशमा रोकिएका नेपाली नागरिकहरुलाई देश फिर्ता लैजाने पहल थाल्न सरकारसंग बिशेष आग्रह गरेको छ । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रवासी मञ्चका महासचिव शंकर पन्तले भनेका छन्, नेपालीहरु आफ्नो देश जान चाहे सरकारले आफ्ना नागरिक फिर्ता लैजानुपर्ने कुरालाई हामी जोड दिन चाहन्छौं ।

प्रेस बिज्ञप्तीमा लेखिएको छ, भारत लगायत विश्वभर रहेका नेपालीहरुलाई प्रकृया पुराएर नेपाल फर्काउने पहल सरकारले आजै थाल्नुपर्दछ । सर्वोच्च अदालतको आदेशलाई सरकारले पालना गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।

भाइरसबाट बच्नका लागि व्यक्ति स्वयम सचेत हुनुपर्ने अवस्थालाई मध्यनजर गर्नुपर्ने अवस्था छ, प्रवासी मञ्चले बिज्ञप्तीमा लेखेको छ, महामारीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली तथा बिरामी परेका नेपालीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रवासी नेपाली एकता मञ्चले जारी गरेको प्रेस बिज्ञप्ती

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु,

आज विश्व कोरोना भाईरसबाट आतंकित छ । चीन बाट शुरु भएको यो भाईरस युरोप हुँदै अहिले अमेरिकालाई केन्द्र बिन्दु बनाइरहेकोछ । दैनिक लाखौं मनिसहरु संक्रमित भएरहेका छन भने हजारौ को संख्यामा मृत्‍यु भैरहेको छ । यो भाईरसलाई नस्ट गर्ने अहिले सम्म कुनै औषधी बनिनसकेकोले पूर्व साबधानी र सतर्कता अनुरुपको व्यबहार र आत्मबल नै हाललाई यसको उत्तम बिकल्प हो ।

विश्वबाट प्राप्त भएरहेका तथ्याअंकहरुलाई हेर्दा जर्मनी बाहेक एसिअन देशहरुको साबधानी र सतर्कता अली राम्रो देखिन्छ भने क्षति पनि तुलनात्मक रुपमा कम देखिन्छ । यसै सन्दर्भमा हाम्रो देश नेपालमा यसको असर अहिले सम्म न्यून छ ।त्यसमा पनि बाहिर बाट आएका कट्टर पन्थी बिबेकहिन समुहबाट त्यसको असर बढी भएको देखिन्छ । जे सुकै होस संसारको कुनै पनि स्थानमा रहेका सच्चा नेपालीहरुलाई आवश्यक सहयोग र सुरक्षा गर्ने अन्तिम दयित्व नेपाल कै हुन्छ । अर्थात हरेक देशका नागरिकहरुको ब्यबस्थापन र सुरक्षा गर्ने अन्तिम दयित्व त्यही देशको सरकारको हुन्छ ।

जुन कुरालाई सर्बोच्च अधालतले समेत सम्बोधन गरिसकेको छ । त्यसकारण हामी हाल सम्म नेपाल सरकारबाट कोरोना भाईरस नियन्त्रण र आफ्ना नागरिकहरुको ब्यबस्थापन तथा सुरक्षाको लागि भैरहेका प्रयास हरु पर्ती उच्च सम्मान गर्दै अब पनि बिशेष गरी भारत साथै संसारको कुनै पनि स्थानबाट सच्चा नेपालीले अवस्था अनुसार आफ्नो देश जान चाहे त्यहाका सुरक्षा सम्बन्धित सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालन गर्ने गरी लैजान पर्ने कुरालाई जोड दिन चाहन्छौ । अमेरिकामा रहेका हामी र हाम्रो कर्म भुमि अमेरिकाको केन्द्रिय सरकार , राज्य सरकार देखि स्थानीय सरकारहरुले यहाँ हामी सबै प्रति देखाएको जिम्मेवारीपन र जवाफदेहिताको उच्च सम्मान गर्दछौं । जनता प्रति राज्यको जिम्मेवारीपन र जवाफदेहीता बाट सिक्न सबै देशहरुलाइ प्रेरणा मिलोस भन्ने कामना पनि गर्दछौं ।साथै सर्वत्र दुखको यस घडीमा सकेको सहयोग गर्न स्वयम सेवी भएर डटने सामाजिक व्यक्तित्वहरु प्रति उच्च सम्मान गर्दै , सचेतना र राहत अभियानमा सहभागी हुन पाउनुलाइ हाम्रो स्थापनाको औचित्य प्रमाणित भएको ठानेका छौं । साथै अमेरिकाको हकमा पनि परिस्थिति अनुसार देश फर्किनु पर्ने भए अमेरिका स्थित नेपाली दुताबासले गर्ने हरेक सकारात्मक सहयोग र समन्वय प्रति प्रबासी नेपाली एकता मंच अमेरिकाको पूर्ण साथ र सहयोग रहने कुराको समेत अनुरोध गर्दछौ

यस दु:खद घडीमा हामी यो महामारीबाट दिमंगत हुनुहुने सबै प्रति चीर शान्तीको प्रार्थना गर्दै संक्रमित सबैको शिग्र स्वास्थ लाभको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

शंकर पन्त
महासचिब,प्रबासी नेपाली एकता मंच अमेरिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com