अमेरिकाबाट तत्काल नेपाल फर्किनुपर्नेहरु २ सय बढी, राज्यले दायित्व बहन गर्नुपर्ने माग


प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामै रोकिएर नेपाल फर्किन पाउनु पर्ने माग राख्ने नेपालीहरुको संख्या दुईसय पुगेको छ । पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले अहिले बिभिन्न भिषामा अमेरिका आई यहीँ रोकिएका नेपालीहरुको तथ्याङक संकलन गरिरहेको छ । बतास अर्गनाइजेशनका अनुसार यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या २ सय नाधेको छ ।

अमेरिकामा रोकिएका नेपाली नागरिकहरुले तत्कालै देश फर्किन पाउनुपर्ने माग राख्दै नेपाल सरकारसंग आग्रह गरिरहेका छन् । उनिहरुले अमेरिकामा रहेको राजदूतावासमा आफुहरुले पटक पटक सम्पर्क गर्ने कोशिस गरेको तर चित्त बुझ्दो जवाफ नआएको गुनासो समेत गरेका छन् । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्ने नेपालीहरुले खर्च सकिन लागेको, बसाई असहज हुँदै गएको, नेपालमा परिवारका सदस्यहरुलाई हेरबिचार गर्नुपर्ने लगायतका समस्या लेखेका छन् । उनिहरुले राजदूतावास मार्फत नेपाल सरकारलाई पहल थाल्न आग्रह गरेका छन् ।

नेपाली नागरिक कुलबहादुर केसीले तत्काल नेपाल फर्किन पाउने आशा राख्दै लेख्छन्, महामहिम ज्यू म यती बेला अमेरिकाको ओहायो राज्यमा छु, ‘म नेपाल फर्किन चाहन्छु के मेरो सरकारले मलाई मेरो देश फर्काउन पहल गर्छ ।’ यस्तै अर्का नेपाली नागरिक बलराम शोभा बिष्ट लेख्छन्,-‘अमेरिकाको अत्यास लाग्दो बसाईले हामी अतालिएका छौं, हामी सरकारले भनेको सबै प्रकृया पुरा गरी नेपाल पुगेर क्वारेन्टाइनमा पनि बस्छौं, तर हामीलाई नेपाल फर्किन चाहन्छौं ।’ यसैगरी दुर्गा पालिखे श्रेष्ठले आफ्नो श्रीमान बिरामी रहेको र आफु नेपाल फर्किनुपर्ने बाध्यता आफ्नो रहेको गुनासो गरेकी छन् ।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले सरकारले आफ्ना नागरिक देश फर्काउन पहल थाल्न आग्रह गरेका छन् । उनले आफुहरुले शुरु गरेको अभियानमा नेपाल फर्किपाउँ भन्ने आग्रह गर्दै २ सय भन्दा बढीले फर्म भरेको जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बतास अर्गनाइजेशनले नेपाल फर्किन चाहना भएकाहरुको गुनासो सहित सुचना संकलन गरिरहेको छ । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुले सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर बिमानमा, नत्र कर्मशियल बिमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् ।

अन्र्तराष्ट्रिय एयरलाइन्स कम्पनीहरुले उडान भर्नु अगाडि सबै यात्रुहरुको रगत परिक्षण गरेर उडान भर्न सकिने बताएका छन् । इमिरेस्ट्सले गत बुधवार यात्रुको रगत परिक्षण गरेर दुवईबाट ट्यूनेसियाको उडान भरिसकेको उल्लेख गरेको छ ।

बतास अर्गनाइजेशनले तलको लिङकमा गएर आफ्नो बिवरण भर्न भनेको आग्रह गरेको छ

Submission Form

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com