अमेरिकाबाट नेपाल फर्कन इच्छुकको विवरण संकलन गर्दै बतास, यसरी भर्नुहोस् फर्म


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

कोरोना भाइरस संक्रमणका कारण महिनौंदेखी अमेरिकामै रोकिएका नेपाली नागरिकहरुले देश फर्किन पाउनुपर्ने भन्दै सरकारसंग आग्रह गरेका छन् । बिभिन्न भिषामा अमेरिका आई यहीँ थुनिएका नेपाली नागरिकहरुले नेपाल सरकारसंग आवश्यक पहल थाल्न आग्रह गरेका हुन् । उनिहरुले आवश्यक सबै प्रकृया पुरा गर्न आफुहरु तयार रहेको भन्दै देश फर्किन पाउनुपर्ने माग राखेका छन् ।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले खसोखाससंग भने  – ‘हामी स्वास्थ्य परिक्षणदेखी सरकारका सबै प्रकृया पुरा गर्न तयार छौं, नेपाल पुगेर सरकारले बनाएको क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर सरकारले हामीलाई देश फर्काउने वातावरण बनाओस । भ्रमण भिषामा अमेरिका आएका अर्का एक नेपाली नागरिक सन्तोष सुवेदीले ल्याएको रकम सकिन लागेको र अमेरिकामा बस्न अन्यौल भएको भन्दै नेपाल फर्काउन सरकारसंग आग्रह गरेका छन् ।’

सुवेदीले आफु जस्तै अन्य मानिसहरु समेत अब खर्चको अभावमा पर्न थालेको गुनासो समेत गरेका छन् ।

उनिहरुले नेपाल फर्किन पाउनुपर्ने माग राख्दै अहिले सुचना संग्रह गरिरहेका छन् । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या अमेरिकामा करिव दुई सयको हाराहारीमा रहेको जनाइएको छ । उनिहरुले आधिकारिक संख्या प्राप्त भएपछि बिवरण नेपाल सरकारलाई पठाउने र सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर बिमानमा नत्र कर्मशियल बिमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदी तपाई पनि नेपाल फर्किन चाहनु हुन्छ भने तलको लिङकमा गएर आफ्नो बिवरण भर्नु होला ।

Submission Form

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com