बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भींड, ढुंगा हानाहान हुँदा १२ घाईते


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

बझाङ जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानीयहरुको भींड  लागेको छ । सरकारले यही चैत्र २५ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनावश्यक भींडभाड गर्न रोक लगाएको थियो तर  छविस पाथिभेरा गाँउपालिका वडा नं ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानीयहरुको घुईचो नै लागेको छ ।

विश्व माहामारीको रुपममा फैलिएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनि बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उद्देश्यले लकडाउनको घोषणा गरेको हो । तर छबिसपाथिभेरा गाँउपालिकाका स्थानीयले भने लकडाउनलाई उलङ्घन गरी सयौको भींडभाडमा आज बान्नीकी चैतली मेला मनाएका हुन् ।

विषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेलामा भींडभाड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेर मेलामा गएको बताउनु भयो ।आफुहरुले गाँउपालिकाका बिभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उहाँले बताउनु भयो ।

बझाङ जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मेला चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद हुदा १२ जना घाईते भएका छन् । आईतबार सांझ करिब ६ बजेको समयमा दुबै पक्षबीच ढुंगा हानाहान हुदाँ १२ जना घाईते भएको त्यहाँका स्थानीयले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेला स्थलमा नेपाल प्रहरीको उपस्थिति नभएको जनाइएको छ । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाध्यक्ष राधिका रतालाले छबिस पाथिभेरा भेरामा कुनै मेला आयोजना नगरिएको जनाएपनि अहिले करिब २ हजार भन्दा बढी मेलामा उपस्थिती रहेको थियो ।

बान्नीकी चैतलीमा स्थानिहरुबिच भकुण्डो खेल्ने मस्टा देवताको लागी काकर चढाउन प्रचलन रहेको सरकारले कोरोना भाईरसका कारण कुनै मेला तथा भींडभाड नगर्न निर्देशन दिएपनि त्यसको पालना नभएको स्थानीयले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com