कोरोनाको महामारीका कारण कोरोना वियरको उत्पादन रोकियो
प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार
कोरोनाको महामारीका कारण मेक्सिकोमा कोरोना वियरको उत्पादन अस्थायी रुपमा रोकेको कम्पनीले जनाएको छ । गु्रपो मोडेलो नामको वियर कम्पनीले वियरको उत्पादन र मार्केटिङ बन्द गरेको जनाएको छ ।
मेक्सिकोको सरकारले अत्यावश्यक बाहेकका अन्य ब्यापारहरु बन्दको घोषणा गरेकाले कम्पनीले वियर उत्पादन बन्द गरेको हो । मेक्सिकोको सरकारले अप्रिल ३० सम्मका लागि अत्यावश्यकबाहेकका ब्यापार बन्द गर्न निर्देशन दिएको छ ।
कन्स्टेलेसन ब्राण्डसले गु्रपो मोडेलो कम्पनीका वियरहरु अमेरिकामा वितरण र आयात गर्दै आएको छ । कोरोना भाइरससँग नाम मिलेका कारण वियरको बिक्रिमा भने कमि नआएको वितरक कम्पनीले जनाएको छ । बरु कोरोनाको बिक्रि सन् २०२० को पहिलो ३ महिनामा झण्डै ९ प्रतिशतले बढेको छ ।
अमेरिकामा कोरोनाको महामारी बढ्दै जाँदा वियर र रक्सीको बिक्रिमा बढोत्तरी भएको छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा मार्चको तेश्रो साता वियरको बिक्रिमा ३४ प्रतिशत बिक्रि भएको थियो ।
मेक्सिकोमाका अहिलेसम्म १५ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।