अमेरिकामा इन्टरनेट प्रयोगकर्ताको गोप्यता कायम राख्ने कानुन उल्टाइदै


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

ओबामा युगको इन्टरनेट प्रयोगकर्ताको गोप्यता सुरक्षित राख्ने कानुनलाई उल्टाइने भएको छ । यससम्बन्धि मापदण्डमा सदनमा आज भएको मतदानमा कानुन उल्टाउने पक्षमा १ सय १५ र विपक्षमा २ सय ५ मत खसेको छ । अब यो ड्राफ्ट हस्ताक्षरका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष पेश गरिनेछ ।

यो मापदण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेर कानुन बनेमा कमकास्ट, टाइमवार्नर केवल, स्पेक्टर्म, भेराइजन वा अन्य इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्रयोगकर्ताको ब्राउजिङ सुचनाहरु उनीहरुको अनुमतिविना नै अर्को पक्षलाई बेच्न वा बाड्न पाउनेछन् ।

इन्टरनेट प्रयोगकर्ताको किनमेल आदत र लोकेशन लगायतका सुचनाहरु इन्टरनेट सेवा प्रदायकले अर्को पक्षलाई प्रयोगकर्ताको अनुमति विना नै बेच्न र बाड्न पाउने नियमले इन्टरनेट प्रयोगकर्ताहरुको गोप्यता अब बाँकी नरहने भएको छ । इन्टरनेट प्रयोग सम्बन्धि यो प्रावधानलाई गतसाता सिनेटले पारित गरिसकेको छ ।

यो प्रावधान कानुन बनेमा अमेरिकामा इन्टरनेट प्रयोगकर्ताहरुले ब्राउजरमा के टाइप गरे वा के खोजे भन्ने लगायतका सबै सुचनाहरु इन्टरप्रयोगकर्ताको जानकारी वा अनुमति विना नै इन्टरनेट सेवा प्रदायकले तेश्रो पक्षलाई बेच्न पाउने भएकाले इन्टरनेटमा ब्राउज गर्दा सावधानी अपनाउनु पर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघिको नियम अनुशार इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट प्रयोगकर्ताको सोसल सेक्युरिटी नम्बर लगायत सम्वेदनशिल सुचनाहरु अर्को पक्षलाई बाड्नुअगाडि इन्टरनेट प्रयोगकर्ताको अनुमति लिनुपर्ने प्रावधान रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com