बेलायतमा शनिबारदेखि हराएका नेपाली युवाको शव नदि किनारामा
प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार
बेलायतको केन्ट आसफोर्डमा एकजना नेपाली मृत अवस्थामा भेटिएका छन् । शनिबारदेखि हराइरहेका ३३ बर्षका युगल लिम्बुको शव नदिको किनारामा भेटिएको हो ।
उनको शव भेटिएकोबारे परिवारलाई खबर गरिसकेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । तर कसैमाथि आशंका भने गरिएको छैन ।

लिम्बु अन्तिमपटक आसफोर्डको भिक्टोरिया पार्कमा देखिएपछि हराएका थिए । त्यसपछि प्रहरीले उनको खोजीकार्य तीब्र पारेको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
कालोटोपी, कालो कोट र कालै ट्राउजर लगाएको अवस्थामा उनी हराएका थिए । उनको शव सोमबार दिउसो साढे ४ बजे भेटिएको हो ।






