जन्ती बोकेको बस दुर्घटना ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ जना घाइते


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ५२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे मृत्यु भएकाे जनाइएको छ । थप एक जनाको उपचारका क्रममा ज्यान गएको हाे । हेटौंडामा उपचार सम्भव नभएकोले सुरज नामका एक घाइतेलाइ चितवन लगिएको थियो । उनकाे उपचारकै क्रममा निधन भएकाे जनाइएकाे छ ।

जीतपुर भञ्ज्याङ्ग, लेनडाँडाबाट गढी वडा नम्बर ७ को सुकौराका लागि हिडेको ना. ३ ख ३५५६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

बेहुला-बेहुलीसहित अन्य घाईतेहरुको हेटौंडा जिल्ला अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने फरार रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com