अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु


प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु भएको छ ।

उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् । ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दाहसंस्कार सोमबार अष्ट्रेलियामै गरिएको छ।

२ वर्षअघि मात्रै उनको विवाह भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्।

रमिलाको मृत्युप्रति अनन्त स्कुलका प्रिन्सिपल गोपालप्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत दुस्ख व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com