एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्षबाट पत्रकारमाथि कुटपिट, थापाबिरुद्ध प्रहरीमा उजुरी


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले आफूलाई कुटपिट गरेको पोर्चुगलस्थित सकृय पत्रकार सबिन धिताल ‘प्रविन’ले दावी गरेका छन् । राजधानी लिस्बोनमा आइतवार सम्पन्न एक कन्सर्टको रिपोटिगं गर्न पुगेका पत्रकार घिताललाई कार्यवाहक अध्यक्ष थापाले कुटपिट गरेको दावी गरिएको छ ।

खसोखासलाई प्राप्त अस्पतालको कागजात अनुशार घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार गराएका थिए । त्यस्तै धितालले आफू भिमसेन थापाबाट कुटिएको किटानीसहित प्रहरीमा उजुरी समेत दिएका छन् । खसोखासलाई उक्त प्रहरी रिपोर्टको प्रति समेत प्राप्त भएको छ ।  कुटपिटबाट घितालको टाउको र काँधमा चोट लागेको छ।

पोर्चुगलस्थित नेपाली मिडियाहरुले संघभित्रका गलत गतिबिधि र रबैयाहरुको बिरुद्धमा खरो रुपमा कलम चलाउदै आएका छन्। पछिल्लो समयमा भोइस अफ नेपालले केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पीडिा , ठगी र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आईरहेको छ। धिताल भोइस अफ नेपाल टिभी र पोर्चुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध छन् ।

मिडियासँग भएको संलग्नता र सुचना दिएको भन्दै संघका उपाध्यक्ष थापाले कुटपिट गरेको जनाइएको छ । संघका उपाध्यक्ष थापाले नेपालीहरुलाई कुटपिट गरेको यो पहिलो घटना नभएको र उनले यससघि पनि कयौ नेपालीहरुलाई धाकधम्की दिने र कुटपिट गर्ने गरेका त्यहाँ स्थीत पत्रकारले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापालाई पोर्चुगलको नेपाली समुदायका केही अग्रजहरुले प्रयोग गर्ने र उनको बचाउ गर्नेगरेको समुदायको गुनासो छ। निज थापामाथि यससघि पनि एक नेपालीको व्यवसायस्थलमै गएर कुटपिट गरेको र एक नेपाली महिलालाई सार्वजनिकस्थलमै कुटेको समेत आरोप छ ।

पत्रकार धितालले घटना भएको एक दिनपछि आफ्नो फेसबुक वालमा लामो स्त्याटस लेख्दै भनेका छन् – ‘घटना घटेको २४ घण्टासम्म मैले कुरेर बसे, तर पनि सरोकारवाला निकायबाट खासै चासो भएन। स्वयं संघका साथीहरु मौन छन्। घटनाको बारेमा जानकारी भएर पनि अध्यक्ष मौन छन्। नेपालीहरुको सामुहिक संस्था भनिएको एनआरएनए का पदाधिकारीबाटै नेपाली कुटिन्छन र यहाँ संघसंस्थाहरु मौन भईदिन्छन्।’

पत्रकार धितालले गुनासो गर्दै लेखेका छन् – ‘कुनै दिन यस्तै घटनामा कसैको मृत्यु भयो भने यहाँका संघसंस्थाहरु र तिनका प्रतिनिधिहरुले श्रद्दान्जली दिन आउदा त्यसको औचित्य के होला ? अलिकति लज्जा बोध होला कि नहोला ? के एनआरएनए यस्तै गुण्डागर्दी गर्ने संस्था ? पोर्चुगलका नेपालीहरुले एनआरएनए बाट आशा गर्ने यस्तै कार्य हो ? हामी कस्तो संस्कार बिकास गर्दैछौ पोर्चुगलमा रु हाम्रा भावी सन्ततिले सिक्ने होलान् ?’

पत्रकार धितालले अगाडी भनेका छन्- ‘एनआरएन मा बसेर यस्तो किसिमको घृणित र उद्धण्ड कार्य गर्ने छुट कसैलाई पनि छैन र हुनुहुदैन। म एक पटक फेरी पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाहरु , सरोकारवाला निकायहरु र नेपाली कन्सुलेट यो घटना र बिषयमा गम्भीर भईदिन हुन अनुरोध गर्दछु।’

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटमा कतैबाट सुनुवाई नभएपछि थापा बिरुद्द प्रहरीमा उजुरी दिएका छन् । पिडितको उजुरीपछि स्थानिय प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com