पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

काठमाडौं – राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो । गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो । सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए ।

अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

एचआइभीजस्तै एसआइभी भाइरस :

निरन्तरको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसको संक्रमण व्यापक मात्रामा देखाएको छ । कर्माचार्यले अनुसन्धानका क्रममा बाँदरमा व्यापक मात्रामा एसआइभी देखिएको भन्दै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले पशुपति, स्वयम्भू र थापाथलीका बाँदरबाट टाडै रहन सुझाब दिए ।
उनले भने, ‘थापाथली, पशुपति र स्वयम्भूका बाँदर र मानिसहरू कुनै न कुनै रूपले नजिक भएको पाइन्छ । यसले बाँदरमा लागेको रोग मानिसमा सर्न सक्छ र मानिसमा लागेको रोग बाँदरमा सर्न सक्छ । त्यसैले बाँदरबाट अलग्गै रहनुहोस् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अझै अनुसन्धान जारी :

सिएमडिएनले विश्वकै अत्याधुनिक उपकरणहरूका माध्यमबाट जनावरका नमुना नेपालमै परीक्षण गर्दै आएको छ । कर्माचार्यले थपे, ‘पशुपति, स्वयम्भू र थापाथलीका बाँदरमा विभिन्न रोगहरूका बारेमा हामीले २०१३ देखि निरन्तर अनुसन्धान गरिरहेका छौँ । हालसम्मको परीक्षणमा बाँदरमा एड्सको संक्रमण गराउने भाइरस एसआइभी व्यापक मात्रामा रहेको पाएका छौँ । यो नेपालका लागि निकै ठूलो चुनौतीको विषय हो ।’

एचआइभीजस्तै बाँदरमा लाग्ने सिमियन फोमी भाइरस बाँदरमा देखिएको हो । ती क्षेत्रका बाँदरलाई मानिसहरूले खानेकुरा दिने, नजिक जाने र जिस्क्याउने गर्छन् । ‘जनावरबाट मानिसमा सर्न सक्ने गम्भीर रोगको सम्भावना बाँदरमा असाध्यै धेरै भएकाले बाँदरबाट सचेत बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ,’ कर्माचार्यले भने । पछिल्ला केही वर्षयताका अध्ययनले बाँदरमा भएको विभिन्न रोगको संक्रमण मानिसमा सर्न सक्ने भएकाले सिएमडिएनले नयाँ संक्रमण पत्ता लगाउन बाँदरको डिएनए परीक्षणसमेत भइरहेको कर्माचार्यले जानकारी दिए ।

संस्थाले विभिन्न रोगलाई आधार मानेर थापाथली, पशुपति र स्वयम्भूका ७१ वटा बाँदरबाट नमुना परीक्षण गरेको थियो । त्यसक्रममा ५८ वटा बाँदरमा विभिन्न प्रकारका रोगको संक्रमण देखिएको र १३ वटामा एसआइभी र क्यान्सर गराउन सक्ने भाइरस देखिएको कर्मचार्यले बताए । ‘पशुपतिमा सात, थापाथलीमा चार र स्वयम्भूमा दुईवटा पत्ता लागेको छ, यो अझै अनुसन्धानकै क्रममा रहेको छ । अनुसन्धानका क्रममा बाँदरमा अनेक प्रकारको भाइरसहरू भेटिएका छन्,’ उनले भने ।

मानिसमा एचआइभी पनि बाँदरबाटै सरेको हो । त्यही प्रकारका भाइरस अनुसन्धानका क्रममा नेपालका बाँदरमा देखिएको छ । कर्माचार्यले थपे, ‘अमेरिकाको वासिङटन विश्वविद्यालयले गरेको अनुसन्धानबाट आएको रिपोर्ट र अहिले हामीले गरेको अनुसन्धानले पनि नेपालका बाँदरमा एसआइभी एड्स र क्यान्सर लाग्न सक्ने भाइरस व्यापक मात्रामा फैलि“दै गएको देखिएको छ । यसकारण मानिसमा सर्ने खतरा धेरै रहेको छ ।’

सिमियन फोमीं भाइरस :

सिमियन फोमीं भाइरस भएका बाँदरहरूमा अन्य रोगहरूले आक्रमण सहज रूपमा गर्छ । यो समस्या मानिसमा पनि हुने गरेको छ । एसआइभीको भाइरस लागेपछि विभिन्न रोगहरू थपिँदै जान्छ र एड्सको संक्रमण हुन्छ । यो बाँदर र मान्छेमा एउटै प्रक्रिया हो । शरीर कमजोर भएपछि टिबी, हेपाटाइटिस आदि लाग्छ, जसलाई एड्स भन्ने गरिन्छ । सिमियन फोमिं भाइरस रेट्रोभाइरस फेमलीमा पर्ने भाइरस हो । मान्छेमा लाग्ने एचआइभी पनि त्यही भाइरसको माध्यमबाट लाग्ने गर्दछ । नयाँ पत्रिका

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com