दिपायल सिलगढी नगरपालिकाकाे जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआईसिंह गाउँपालिका ६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ ।
उहाँका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् । एकै परिवारका सात जनाले सुरक्षा फाैजमा याेगदान पुर्याएकाे भन्दै गणपति जहरसिंह बुढामगरले जैसी दम्पतीलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको हाे ।
छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरा छोराछोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ?’ -रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।