पोटासको अभावमा गहुँखेती प्रभावित


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ ।

सो कार्यालयले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव नौ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो । कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान विजय पण्डितले भने, “भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचे जस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।” कोलकता बन्दरगाहमा अड्किएको सो रासायनिक मल पोटास आपूर्तिकर्ताले ¥याक नपाउँदा ढुवानी हुन नसकेको भन्दै प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले सो पोटास माघ महिनाभित्र आइसक्ने बताए ।

हाल कार्यालयमा युरिया पाँच हजार ६३ मेट्रिकटन तथा डिएपी चार हजार ७९४ दशमलव नौ मेट्रिकटन मौज्दात छ । सो कार्यालयले चालु आर्थिक वर्षमा दुई लाख ३० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले बताए । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com