सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र, राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन


प्रकाशित मिति : पुस २८, २०७६ सोमबार

भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणकाबिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति रहेको थियो ।

राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चर्चित संचारकर्मी प्रेम बानियाले भारतीय पक्षबाट भएको नेपाली सिमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।

संचारकर्मी अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित गरेको बताउनुभयो । कार्यक्रममा गायिका सपना श्रीले राष्ट्रिय गीत गाउँदा सहभागीहरु निकै हौसिए भने गायक रामप्रसाद खनाल र कवयत्री शकुन ज्ञवालीको गीत र कविताले देशभक्तिपूर्ण माहौल श्रृजना गरेको थियो ।

कार्यक्रममा भारतीयपक्षबाट गरिएको सिमा अतिक्रमणको बिरुद्ध नारावाजी गरिएको थियो भने सहभागीहरुले प्लेकार्ड बोकेका थिए ।

सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्शामा समेटेको लिपुलेक, लिम्पियाधुरासहतिको नेपालको नक्शासहितको टिसर्ट लगाएका थिए ।

विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । भारतीय पक्षले सार्वजनिक गरेको नक्शामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हान सहित ज्ञापनपत्र बुझाइएको हो ।

भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठको बिष्लेषणसमेत ज्ञापनपत्रमा समेटिएको थियो ।

ज्ञापनपत्रमा विरोध प्रदर्शनमा उपस्थीतिहरुले हस्ताक्षर समेत गरेका थिए भने सिमाविद् बुद्धिनारायण श्रेष्ठले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका लागि श्रेष्ठका साथमा संचारकर्मीहरु प्रेम बानिया, अनिल अधिकारी, किशोर पन्थी, कलाकार रामप्रसाद खनाल, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र सामाजिक कार्यकर्ता सोमनाथ घिमिरेको सहभागिता रहेको थियो ।

कार्यक्रम संचारकर्मीहरु प्रेम बानिया र अनिल अधिकारीको पहलमा गरिएको थियो । स्वतस्फूर्त रुपमा गरिएको कार्यक्रममा न्युयोर्क र आसपासका राज्यबाट सहभागी सबैलाई बानिया र अधिकारीले धन्यवाद दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com