भारतीय पक्षबाट भएको सिमाअतिक्रमणबिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीले निकाले जुलुस


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

विजय थापा

नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध जुलूस प्रदर्शन भव्यताको साथ सम्पन्न भएको छ ।

सन् २०१५ नोभेम्बर २२ का दिन भारतले गरेको अघोषित नाकाबन्दी भन्दा कम सहभागिता रहेता पनि यस पटकको बिरोध जुलुस ज्यादा प्रभावकारी रहन पुगेको छ । अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट नारा सहित जुलुसले सबैको ध्यानाकर्षण गर्न सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिरोध जुलुस शान्तिपूर्वक प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसको अगाडी तर्फ रहेको लाफाऐट पार्क (उद्यान) वरिपरिको गोरेटोमा २ पटक चक्कर लगाए पछि डिसीको मुख्य शहर हुदै भारतीय राजदुताबास पुगि प्रदर्शन १:३० मा समापन गरिएको थियो ।

भारतीय दुताबास अगाडी ३ पटक चक्कर लगाएर मर्यादित नाराबाजी गर्दै आएको जुलुसलाई डिसी बिरोध जुलुसका संयोजक समाजसेवी तथा बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले कार्यक्रमको समापन भारतीय दुताबास अगाडी गरेका थिए । उनले सहभागी हुने र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमका भिडियो ( श्रब्य दृश्य) लगायत अन्य चिजहरु सङ्कलन गरे पछि भारतीय दुताबास ,बेलायती दुताबास ,चिनिया दुताबास लगायत अन्य महत्वपूर्ण पत्राचार गरिने बताए ।

संख्यात्मक रुपमा कम सहभागिता रहेता पनि अभूतपूर्व रहेको कार्यक्रममा ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’का अगुवाई गर्ने समाजसेवी तथा एएनएका पूर्व अध्यक्ष रोजर अधिकारी ,अर्का डिसी बिरोध जुलुसका एक क्रियाशील सदस्य ,प्रवक्ता तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा नेपाल भूभाग र सीमानाका सर्वेक्षण विभागका पूर्व महानिर्देशक बुद्धि नारायण श्रेष्ठले संक्षेपमाभूमि अतिक्रमण बारेमा संक्षेपमा बताएका थिए ।

यसै गरि उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महतले देश भक्ति राष्ट्रियताले ओतप्रोत भएको गीत सुनाएका थिए भने तथा लोकगायक राम प्रसाद खनालले गीतलाई कवितात्मक शैलीमा भारतलाई ब्यङ्ग गर्ने कविता वाचन गरेका थिए । यसै गरी डिसी क्षेत्रका कलाकार द्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत प्रस्तुत गरेका थिए । महिलाहरुले पनि देशभक्ति कबिता वाचन गरेका थिए ।

उक्त बिरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषाका नाराहरु लेखिएका प्रचार प्रसार सामग्री प्रदर्शन साथै नारा लगाइएका थिए । लिपुलेक हाम्रो हो ,ब्याक अफ इन्डिया ,रिटर्न योर मिलिटरी ब्याक तु योर टेरिटोरी डाउन विथ इन्डिएन एक्स्पान्सननिज्म ,कालापानी ,लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो भन्ने नारा सहित महिला तथा पुरुषहरु ठूलो स्वरले डिसी शहर घन्काएका थिए ।

उक्त कार्यक्रममा सहभागी हुन् आएका थुप्रै पुरुष तथा महिलाले हामीलाई तपाईको भूमि चाहिदैन र हाम्रो भूमि पनि अतिक्रमण नगर भन्ने आफ्ना भनाई राख्दै हामी भारतको बिरोधि नभएको भन्दै यस्ता कार्यका बिरोध गरि रहने आक्रोस पोखे ।

सहभागी मध्ये त्रिभुवन विश्वविद्यालयका प्राकृतिक स्रोत व्यवस्थापनका पूर्व प्रा डा गोपी उप्रेतीले नेहरु देखि नै नेपाल जस्तो सानो मूलुकलाई दुख दिने नियत र दशकौ देखि भूमि अतिक्रमण गरेकोमा यसको बिरोध गर्दै ध्यानाकर्षण गरेको बताए ।

स्वयम् सेवक को जिम्मवारी निर्वाह गर्ने समाज सेवी तथा प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्ष प्रभु थापाले चर्का नारा नलगाउन आग्रह गर्दै उनको नेतृत्वमा भारतीय दुतबास सम्म जुलुस पुगी बिसर्जन गरेको थियो ।

उक्त डिसी बिरोध जुलुस कार्यक्रम गर्न नेपाली समुदाय बीच करिव दर्जनौ पटक कार्यक्रमलाई सफलता बनाउन बैठकको आयोजना गरेका थिए । भव्यताको साथ सम्पन्न बिरोध जुलूस प्रदर्शनको एक दिन अगाडी बाल्टिमोरको बाना सामुदायिक भवनमा बिज्ञहरुको बैठकको आयोजना गरिएको थियो ।

डिसी बिरोध जुलुस प्रदर्शन नामक कार्यक्रम संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक उत्तर अमेरिकाका सबै नेपालीहरुको समूहको प्रतिनिधित्व हुने गरि कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रम अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यानमा कार्यक्रम गरिएको थियो । जम्मा भएका नेपालीहरुले नेपाली झण्डा,दौरा सुरुवाल ,भादगाउँले नेपाली टोपी, तुल, झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध ऐक्यबद्धता जनाएका थिए ।

डिसी बिरोध जुलूस नामाकरण गरिएको उक्त कार्यक्रममा डिसी क्षेत्र लगायत अमेरिकाका विभिन्न राज्यहरुका संघ/संस्थाको सहभागिता रहेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com