भारतीय सिमा अतिक्रमणबिरुद्ध ह्वाइटहाउस अगाडि हुने प्रदर्शनमा सहभागीले जान्नुपर्ने १० कुरा


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

– विजय थापा

१ , बिरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस अगाडिको सडक मर्मत संभारको काम चलिरहेको र उक्त दिन अन्य कार्यक्रमहरुलाई स्थान उपलब्ध गराई सकिएकोले डिसेम्बर १५ आईतबारका दिनको कार्यक्रम हुने सुनिश्चित भएको छ । भारतले नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र पारेको विरोधमा प्रदर्शन हुनेछ । डिसी बिरुद्ध प्रदर्शन संचालक समितिको नेतृत्व लिई रहेका कुलमणि आचार्यले डिसेम्बर १५ को लागि बिहान १० बजे देखि २ बजे सम्मको लागि कार्यक्रम गर्न अनुमति पाइएको बताए ।

२, अमेरिकी राष्ट्रपति भवन अगाडी बिरोध जुलुस कार्यक्रमको आयोजना गर्न निकै कठिन काम हुने आयोजकले बताए । साथै आयोजकले पृष्ठभूमी समेत गम्भीरतापूर्वक जाच गर्ने डिसी बिरुद्ध प्रदर्शन संचालक समिति ले जनाएको छ ।

, आगामी आइतबार ८ का दिन टेली कन्फेरेन्स कलको माध्यम बाट बैठक गर्ने भएका छन् । र सबैलाई उक्त हुने बैठकमा सहभागिता हुन् अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४, बिरोध जुलूसमा आउँदा तुलको आकार (ब्यानर को साइज ) ३ * ६ फिट मात्र बोकेर जान पाइने छ । तुललाई पनि सुरक्षा निकासी (सेक्युरिटी चेक)भए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ ।

५, प्रचार प्रसारका सामाग्रीहरु आउँदा उक्त पार्क(उद्यान)मा ९: ३० मिनेट भित्र प्रवेश गर्नु पर्ने छ ।

६, कुनै पनि चिज झोलामा बोकेर र गह्रौ चिज बोकी भुईमा राख्न पाईने छैन । उक्त उद्यानमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्क( उद्यान)मा प्रवेश पाइने छ । यदि कुनै झोला या कुनै वस्तु मैदान या भुईमा राखेमा तुरुन्तै सुरक्षामा खटिएका अधिकारीहरुले बन्द गराउन सक्ने छन् ।

७,  कुनै पनि प्रचार प्रसार सामग्री अर्थात् तुल(ब्यानर) ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मंच १० देखि ११ सम्म बनाउने ,र कार्यक्रम ११ बजे देखि सुरु भै १ बजे सम्म चल्ने छ । यसै समय बीच वक्ताहरुले भाषण गर्ने,देशभक्ति गीत या नाराहरु लगाउने छन् ।

८,  सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा लाफेएट उद्यान (पार्क)को वरिपरि रहेको सडकमा नाराबाजी लगाउदै वरिपरि परिक्रमा गरिएको थियो । यस पटक पनि यसरी नै परिक्रमा गरिनेछ ।

९, पार्क(उद्यान) मा निर्माण गरिएको  मन्च देखि बिरोध जुलुस सहित वाशिंगटन डिसी स्थित भारतीय राजदुताबास संग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ ।

१०,  डिसी बिरोध प्रदर्शन आयोजना समितिले भारत,अमेरिका,बेलायत ,चीन ,सयुक्त राष्ट्र संघ प्रधान कार्यालय ,नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत ,सर्वेक्षण विभाग भारत ,अमेरिकी विदेश मन्त्रालय ,नेपाल ककस ,सिनेट कार्यालय ,नेपाली संचार माध्यमलाई पत्राचार गर्ने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com