झण्डा, लाखे, स्वस्तीवाचनसहित अमेरिकाको थ्यांक्सगिभिङ परेडमा सहभागी हुँदै नेपाली


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालको झण्डा फहराइने भएको छ । नोभेम्बर २३ तारिख शनिबार मेरिल्याण्ड राज्यको सिल्भरस्प्रीङमा हुने थ्यांक्सगिभिङ परेडमा नेपालको झण्डा फहराउँदै नेपालीहरुले सहभागिता जनाउने भएका छन् । त्यसका लागि तयारी पूरा भएको छ ।

मोन्टगोमरी काउन्टीको आयोजनामा हुने उक्त परेडमा पण्डितहरुबाट स्वस्ती वाचन हुनेछ भने अष्टलक्ष्मी र लाखे नाच प्रदर्शन, नेपाली मौलिक बाजागाजासहित नेपालीहरुको सहभागिता रहनेछ । नेपाली झण्डा र नेपाल भ्रमण वर्ष २०२० को टिसर्टसहित नेपालीहरु सहभागी हुनेछन् ।

५० हजारभन्दा धेरैको सहभागिता रहने उक्त बार्षिक परेडमा सयौं नेपालीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । शनिबार विहान १० बजेदेखि सुरु हुने उक्त परेडमा सहभागिता जनाउन चाहने नेपालीहरु ९ बजे सिल्भरस्प्रीङको भेट्रान प्लाजामा पुग्नसक्नेछन् । नेपाली पहिचान र नेपाली पर्यटनको प्रवद्र्धनका लागि उक्त परेडमा नेपालीहरुले सहभागिता जनाउन लागेका हुन् ।

थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालीहरुले सहभागिता जनाउन लागेको बताउँदै मेरिल्याण्डका व्यवसायी लोक तिवारीले नेपालीको सहभागिताबाट स्थानीय सरकारमा नेपालीको उपस्थीतिका बारेमा ज्ञान हुनेमात्र नभई परेडमा उपस्थीत हुने पचासौं हजारका अगाडि नेपाल कला, संस्कृति प्रस्तुत गर्दा नेपालको पहिचान र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१ सय भन्दा धेरै कलाकारहरुको प्रस्तुती रहने परेडमा १२ फुटको हावाले भरिएको पेंगुईन, १२ फुटको हावाले भरिएको डायनोशर, स्कुल कलेजका व्यवसायिक मार्चिंग ब्याण्डहरु, सुन्दरीहरु, जोकरहरु सामेल रहने जनाइएको छ । परेडमा ठूलो भींड हुने भएकाले र पार्किङको समस्या हुने भएकाले सहभागीहरुलाई सिल्भर स्प्रींग स्टपसम्म मेट्रो रेड लाइन चढेर आउन सुझाव दिइएको छ ।

परेडको विभिन्न अमेरिकन टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । परेडमा उच्चतहका अमेरिकन राजनीतिज्ञहरु, सांसदहरु, स्थानीय सरकारका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com