पत्रकारले दिने सूचना वस्तुवादी र तथ्यपरक हुनुपर्छ ः सभामुख अधिकारी


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पत्रकारले दिने सूचना वस्तुवादी, तथ्यपरक र अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले समाचारका माध्यमबाट सत्य तथ्य विषयलाई जनतासमक्ष ल्याउनु पत्रकारको दायित्व भएको बताउनुभयो ।
संसदीय पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई व्यवस्थितरूपमा समाचार सङ्कलन गर्ने वातावरण निर्माणका साथै क्षमता अभिवृद्धिलगायतका विषयमा गण्डकी प्रदेशसभाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको हकहितका साथै क्षमता अभिवृद्धिलगायतमा महासङ्घ क्रियाशील बन्दै आएको बताउँदै संसदीय पत्रकार मञ्चसँग पनि सहकार्य गर्दै अघि बढ्ने धारणा राख्नुभयो । संसदीय पत्रकार मञ्चका अध्यक्ष लालप्रसाद शर्माले गण्डकी प्रदेशमा संसदीय समाचार सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ मञ्च गठन भएको बताउँदै एक वर्षको अवधिमा क्षमता अभिवृद्धि तालीम, विभिन्न साक्षात्कार, प्रदेश नं ३, २ र १ को अवलोकन भ्रमणलगायतका काम गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका सचिव इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, मञ्चका उपाध्यक्ष भरत कोइराला, सचिव विशन क्षेत्री, सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मिता अधिकारीलगायतले संसदीय पत्रकारिताका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
साधारणसभाले सचिव विशन क्षेत्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रोहितराज पराजुलीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभाले संसदीय पत्रकार मञ्चको सदस्यता वृद्धि गर्ने सम्बन्धमा केशवशरण लामिछानेको संयोजकत्वमा वासुदेव पौडेल र सदस्यसचिवमा विशन क्षेत्री रहनु भएको तीन सदस्यीय समिति गठन गरेको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com