नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

जनताको निक्षेपमा खेलबाड नगर्न निर्देशन दिँदै उहाँले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न अनुरोध गर्नुभयो । उहाँले कर्मचारीको उत्पादकत्व वृद्धि, प्राविधिक जोखिम घटाउने तथा उच्च व्यावसायिक नैतिकता देखाउँदै अर्थतन्त्रको विस्तारमा योगदान गर्न आह्वान गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री खतिवडाले नेपाल बैंक सङ्ग्रहालय, देशका विभिन्न भागमा स्थापना भएका १८ वटा शाखा र दुई वटा ‘एक्स्टेन्सन काउन्टर’को दूरनियन्त्रणा प्रणालीबाट उद्घाटन गर्नाका साथै बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडीलगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संस्थागत सुशासनमा कडाइ गर्न, कर्जा प्रवाह वृद्धि गर्दै रोजगारीका अवसर सिर्जनामा ग्रामीण भेगका जनतालाई मद्दत गर्न नेपाल बैंक अग्रणी भूमिकामा रहनुपर्ने सुझाव दिँदै वित्तीय पहुँच नपुगेका स्थानमा सेवा पु¥याउन अनुरोध गर्नुभयो ।

उहाँले निष्क्रिय कर्जाको अनुपात अझ घटाउने, निक्षेपको ब्याजदर बढाउने र कर्जाको ब्याज कमभन्दा कम गर्नेतर्फ बैंक लाग्नुपर्ने सुझाव दिँदै सीपयुक्त दक्ष जनशक्तिबाटै बैंकले वित्तीय प्रगतिमा फड्को मार्न सक्ने बताउनुभयो ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकका प्रगति विवरण प्रस्तुत गर्दै देशको औद्योगिक, व्यापारिक एवं आर्थिक वृद्धिमा सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com