टेलिफोन र एडिएसएलमा समस्या


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

भोजपुर, २९ कात्तिक (रासस) ःजिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्री (ब्याकअप) मा एक समस्या आएको छ । विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ ।

फोन तथा इन्टरनेटको सेवा अवरुद्ध हुने बित्तिकै दैनिक काममा समेत अवरोध हुने गरेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा लोक सेवा, शिक्षक सेवा, डिभी फाराम भर्नेलगायतका सेवा प्रदान गर्न समस्या आएको सुवास ट्रेड लिंकका सञ्चालक सुवास कठेतले बताउनुभयो । जिल्लावासीले इन्टरनेट र फोन सेवा नियमित नहुँदा अनावश्यक शुल्क तिर्नु परेको बताएका छन् । चाहेको समयमा सेवा उपभोग गर्न नपाउँदा पनि सेवा शुल्क तिर्नुपरेको होटल व्यवसायी पवन राईको गुनासो छ ।

नेपाल टेलिकम खाँदबारीका प्रमुख राधारमण भट्टराई प्राविधिक काम सबै धनकुटा टेलिकमले हेर्ने भएकाले धनकुटामै सम्पर्क गर्नुपर्ने भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नुभएको छ । नेपाल टेलिकम धनकुटाले भने समस्याका बारेमा समयमा जानकारी नआएकाले यो समस्या समाधान गर्न नसकिएको बताएको छ ।

विराटनगर टेलिकम कार्यालयसँग समन्वय गरेर तीन÷चार दिनभित्रमै ब्याट्री व्यवस्थापन गरेर समस्या समाधान गरिने धनकुटा टेलिकमका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । चार वर्षअघि सेवा जडान गरिएको जिल्लामा ९६ वटा ल्याण्डलाइन र एडिएसएलको पोष्ट जडान गरिएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com