सीमा विवादबारे शिक्षामन्त्री पोखरेलले फ्रान्समा पुगेर भारतीय मन्त्रीमार्फत गराए ध्यानाकर्षण


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा आयुर्वेद शिक्षा र विद्यार्थीका समस्याबारे अनुभव आदानप्रदान हुनाका साथै छिमेकी भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि लिपुलेकलाई समावेश गरेको विषयमा समेत छलफल भएको हो ।

शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गर्नुभएको थियो । मन्त्री पोखरेलले भेटका क्रममा गुणस्तरीय शिक्षालाई उचाइमा पु¥याउन दुई देशले आपसी सम्बन्ध थप सुदृढ तुल्याउनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

सो अवसरमा भारतीय मन्त्रीले मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिनुभएको थियो । भेटमा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com