त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

यस वर्र्ष हुने ४५ औँ दीक्षान्त समारोहमा १० हजार १७८ विद्यार्थीले दीक्षितका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । गत वर्र्ष नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका थिए । “अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “गत वर्र्षभन्दा यस वर्र्ष हजार विद्यार्थी बढीले आवेदन दिएका छन् ।” पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्दथे ।

उहाँका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करीब सात हजारको सङ्ख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए । आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्दछ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

सदस्य सचिव अधिकारीका अनुसार त्रिविले ७० हजार ७० विद्यार्थी समारोहमा समावेश गरेको थियो तर तीमध्ये सात गुणा कम अर्थात् १० हजार विद्यार्थी मात्र सहभागी हुने भएका छन् । आगामी पुस ३ गते हुने समारोहमा छ हजार ९०० अभिभावकसमेत सहभागी हुने सदस्य–सचिव अधिकारीले बताउनुभयो । सहभागी प्रतिअभिभावकका लागि रु ३०० तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिविले स्नातक तहका लागि रु दुई हजार २००, स्नातकोत्तर तहका लागि रु दुई हजार ७०० र एमफिल (दर्शनाचार्य) र पिएचडी (विद्यावारिधि)का लागि रु तीन हजार २०० शुल्क तोकेको छ भने गाउन, स्कार्फ र टोपीका लागि रु एक हजार ५०० धरौटी तोकिएको छ ।

दीक्षान्त समारोहमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायका विद्यार्थीले आवेदन दिएका छन् । व्यवस्थापन सङ्कायका विद्यार्थी तीन हजार ७२० सहभागी हुने भएका छन् । यस्तै मानविकी सङ्कायका दुई हजार १४४, इञ्जिनीयरिङतर्फ एक हजार १९०, विज्ञान सङ्कायतर्फ एक हजार १०९, चिकित्सातर्फ ८८०, शिक्षा सङ्कायमा ७८३, कानून सङ्कायमा १८६, कृषितर्फ १३३ र वन विज्ञानतर्फ ३३ विद्यार्थी सहभागीका लागि आवेदन दिएका छन् ।

यसैगरी त्रिवि ४५ औँ दीक्षान्त समारोहका लागि मूल समारोह समिति गठन गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको अध्यक्षतामा ४६ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी र सदस्यसचिवमा परीक्षा सहनियन्त्रक पशुपति अधिकारी रहनुभएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com