भूकम्पले घर भत्काएपछि चार वर्षदेखि छिमेकीको घरमै बास


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

बनेपा, २७ कात्तिक (रासस) ःराष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आउनुभएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाउनुभएको छैन ।

भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भए पनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएका हुन् । “उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रवलीकरण गर्नुपर्छ भन्दैछ”, उहाँले भन्नुभयो, “मेरो घर भत्केर जग मात्रै छ, गाह्रोसमेत छैन, तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनःनिर्माण प्राधिकरण धाएको चार वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुङ्गो लागेको छैन ।” अब चाही भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौँ ।

“अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरु बोलाएर सर्जिमिन गर भनेर भनेकाले अहिले त्यहीअनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु ।” पौडेलले भन्नुभयो, “एकल महिलासमेत रहनुभएका उहाँ सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको उहाँ बताउनुहुन्छ ।” “गरिखान सकिँदैन, बस्ने ठाउँ मात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि ।” उहाँले भन्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन शुरु गर्न सुझाव दिएको बताउनुभयो । कार्यालयमा नै आउनुभएका पौडेललाई भन्नुभयो, “अब तपाईले घर बनाउन शुरु गर्नुस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छोराहरु भए पनि विगतदेखि नै एक्लै बस्दै आउनुभएका उहाँको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आउनुभएको छ । केन्द्रमा चार पटक र जिल्लामा पटक÷पटक धाउँदै आउनुभएका उहाँ अब भने केही आशावादी भएको बताउनुभयो । यसअघि भरेको गुनासोको पनि फाइल एक वर्षसम्म वडा कार्यालयमा नै रहेको र अहिले अर्को इञ्जिनीयर आएर हेरेपछि बल्ल अगाडि बढेको कारण अब भने हुने खालको प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com